PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अरिङ्गालपछि मौरी बन्न प्रधानमन्त्री ओलीको निर्देशन



पहिलोपोस्ट

अरिङ्गालपछि मौरी बन्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं : सरकारविरुद्ध अभिव्यक्ति दिनेलाई अरिङ्गाल बनेर आक्रमणमा उत्रिन निर्देशन दिएका प्रधानमन्त्री केपी शर्मा ओलीले 
कार्यकर्तालाई आज भने मौरी बन्न निर्देशन दिएका छन्।

सहाना प्रधानको चौथो स्मृतिसभालाई सम्बोधन गर्ने क्रममा उनले कार्यकर्तालाई मौरी झै बनेर परिश्रमी हुन निर्देशन दिएका हुन्। पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा कार्यक्रम आयोजना भएको थियो।

केही दिनअघि प्रधानमन्त्रीले अरिङ्गाल बन्न निर्देशन दिएका थिए। त्यसको कडा आलोचना भएको थियो।

प्रधानमन्त्री ओलीले कर्मी मौरीको झैं मेहनतले मात्र देश विकास हुने बताए। 'कर्मी मौरी झैं एकजुट भएर काममा लाग्नुहोस,' ओलीले भने, 'सबैको संयुक्त मेहनतले देश निर्माण हुन धेरै समय लाग्दैन।'

प्रधानमन्त्री ओलीले आफ्नो स्वार्थभन्दा देशको स्वार्थलाई केन्द्रमा राखेर काम गर्न सुझाए। 'आफ्ना आग्रह, पूर्वाग्रह छाडौं, आफ्नो होइन देशको स्वार्थलाई ध्यान दिऔं भने देश विकास हुन धेरै समय लाग्दैन,' प्रधानमन्त्रीले भने।  

उनले विगतमा वामपन्थीको भूमिकालाई निस्तेज पार्ने प्रयास भएकाले देश लामो समय पछाडि परेको बताए। 

'वामपन्थीको भूमिकालाई कांग्रेसले स्वीकारेको भए २०१७ सालमा पञ्चायत स्थापना हुन सक्ने थिएन,' प्रधानमन्त्री ओलीले भने, 'फेरि पनि वामपन्थी सुझाव मानेको भए पञ्चायत यति लामो समय रहने थिएन।'

नेपालको वामपन्थी आन्दोलनमा साहना प्रधानको भूमिका अग्रणी रहेको प्रधानमन्त्री ओलीको भनाइ छ। साहनालाई महिला आन्दोलनकी नेतृको रुपमा हेर्नु उपयुक्त नहुने प्रधानमन्त्रीको भनाइ छ। 'उहाँ नेपालको राजनीतिक र सामाजिक आन्दोलनको अग्रणी नेतृ हो,' प्रधानमन्त्री ओलीले भने, '२०४६ सालको जनआन्दोलनमा उहाँको भूमिकाले नै नेपालमा जनताका अधिकार पुनर्बहाली गर्न सजिलो भएको हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell