PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

बंगबन्धु गोल्डकपको ट्रफी सार्वजनिक



पहिलोपोस्ट

बंगबन्धु गोल्डकपको ट्रफी सार्वजनिक
फोटो : बीएफएफ

काठमाडौं : बंगलादेशमा यही अक्टोबर १ तारिखदेखि सुरु हुने पाँचौ संस्करणको बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबलको ट्रफी सार्वजनिक भएको छ।  आयोजक बंगलादेश फुटबल फेडेरेसनले शनिवार एक कार्यक्रमकाबीच ट्रफी  सार्वजनिक गेको हो।

अघिल्लो संस्करणमा नेपालले जितेको ट्रफी भन्दा भन्दा यस संस्करणको ट्रफी फरक डिजाइनमा तयार पारिएको छ। चौथो संस्करणमा नेपालले बहारनइ यू-२३ टोलीलाई ३-० ले हराउँदै उपाधि जितेको थियो।

यस संकरणमा नेपाल, ताजिकिस्तान र प्यालेस्टाइन समूह 'ए' मा रहेको छ। नेपालले पहिलो खेल ताजिकिस्तानसँगग अक्ठोबर २ तारिखमा खेल्नेछ भने समूहको दोस्रो खेल अक्टोबर ६ तारिखमा प्यालेस्टाइनसँग खेल्नेछ।

छ राष्ट्र सहभागी रहनेको प्रतियोगिताको समूह 'बी' मा आयोजक बंगलादेश, लाओस र फिलिपिन्स छन्। दुई समूहको शीर्ष दुई स्थानमा रहेने टोली सेमिफाइनल पुग्नेछन्।

प्रतियोगिताको समूह चरणका खेलहरु सिलेटमा हुनेछन् भने सेमिफाइनलको दुई खेल कक्स बजार तथा फाइनल खेल ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा हुनेछ।

बंगलादेशको राष्ट्रिय पिता बंगबन्धु शेख मुजिबुर रहमानको स्मृतिमा सन् १९९६ देखि प्रतियोगिता सुरु भएको थियो। अहिलेसम्म मलेसियन युथ टोलीले दुई पटक प्रतियोगिताको उपाधि जितेका छन् भने जापान लिग ११ र नेपाल एक-एक पटक च्याम्पियन बनेका छन्।


खेलतालिका:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell