PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

क्रेनको ठक्करबाट मोटरसाइकलमा सवार नायब सुब्बाको मृत्यु



क्रेनको ठक्करबाट मोटरसाइकलमा सवार नायब सुब्बाको मृत्यु

इलाम: इलामको चुलाचुली गाउँपालिकामा कार्यरत नायब सुब्बा जगत कोइरालाको क्रेनको ठक्करबाट मृत्यु भएको छ। 

इलाम सदरमुकामस्थित जिरो किलोमिटरबाट कार्यालय जाने क्रममा झापाको कनकाई नगरपालिकाको सुरुङ्गामा आज बिहान ९:४५ बजे पूर्वबाट पश्चिम जाँदै गरेको ना १ क ३७२९ नंको जेसिबी क्रेनले पछाडिबाट कोइराला चढेको मोटरसाइकललाई ठक्कर दिएको थियो। 

ठक्करबाट गम्भीर घाइते कोइरालाको विर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचारका क्रममा निधन भएको सुरुङ्गा ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक टेकहादुर बस्नेतले बताए।
 
क्रेनको ठक्करबाट कोइराला चढेको मे ५ प ६६६४ नंको मोटराइकल क्षतविक्षत भएको छ भने क्रेन चालक फरार छन्। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell