PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

बञ्चरो प्रहार गरी छोराको हत्या, बुवा प्रहरी नियन्त्रणमा



एम बम

बञ्चरो प्रहार गरी छोराको हत्या, बुवा प्रहरी नियन्त्रणमा

कैलालीः कैलालीको टीकापुर नगरपालिका ८ कालिमाटीमा गएराति बावुले आफ्नै छोराको हत्या गरेका छन्। कालिमाटीका ७५ वर्षीय पहले लुहारले ५० वर्षीय छोरा कृतबहादुर लुहारलाई बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

समान्य घरायसी विवादका कारण बाबुले छोरालाई बञ्चरो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक हरि वलीले जानकरी दिए। बञ्चरो प्रहारबाट गम्भीर घाइते लुहारलाई उपचारका लागि टिकापुर अस्पताल लगिएको थियो। 

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज रेफर गरिएका कृतबहादुरको उपचारकै क्रममा ज्यान गएको  प्रहरीले जनाएको छ।

बञ्चरो प्रहार गर्ने बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई कर्तव्य ज्यान अन्तर्गत मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वलीले बताए। 

सधैंजसो मदिरा सेवन गर्ने कृतबहादुरलाई मदिरा नपिउन आग्रह गर्दा  बुवाको आग्रह नमाने पछि सिर्जना भएको विवादमा उनको ज्यान गएको प्रारम्भिक अनुसन्धान वाट खुल्न आएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell