PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

निर्मलाका निम्ति न्यायकाे माग गर्दै महिला स‌ंघद्वारा काठमाडाैंमा विराेध प्रदर्शन

निर्मलाका निम्ति न्यायकाे माग गर्दै महिला स‌ंघद्वारा काठमाडाैंमा विराेध प्रदर्शन

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भगिनी संगठन नेपाल महिला संघले निर्मला पन्तका हत्यारालाई कारबाहीको माग गर्दै काठमाडाैंमा विराेध प्रदर्शन गरेको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका महिला संघमा आवद्ध नेता कार्यकर्ताहरुको उपस्थितिमा महिला संघले माइतीघर मण्डलाबाट विराेध प्रदर्शन सुरु गरेकाे हाे । उनीहरुले महँगी, कालोबजारी रोक्नुपर्ने, जनतालाई सामाजिक सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेलगायतका माग गरेका छन् ।

शान्ति सुरक्षा दिन सरकार असफल भएअकाे भन्दै महिला संघले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाको राजीनामा पनि माग गरेकाे छ । माइतीघर मण्डलाबाट सुरु भएको संघको प्रदर्शन काठमाडौं जिल्ला अदालत पुगेर सम्पन्न भएको थियो ।

संघले काठमाडौं जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र पनि बुझाएको छ। सथै अाज स‌ंघका जिल्ला कार्यसमितिले देशभरका जिल्ला प्रशासन कार्यलयमार्फत प्रधानमन्त्रीलार्इ ज्ञापनपत्र बुझाएका छन् ।


ट्रेन्डिङ पोस्ट

Ncell