PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

माल्दिभ्समा राष्ट्रपति पदका लागि मतदान हुँदै



माल्दिभ्समा राष्ट्रपति पदका लागि मतदान हुँदै
फोटो: Al Jazeera

माले: माल्दिभ्समा राष्ट्रपति चयनका लागि मतदान हुँदैछ। मतदानका लागि हजारौं मतदाता बिहानैदेखि विभिन्न मतदान केन्द्रहरुमा उत्साहजनक रुपमा लामबद्ध देखिएको माल्दिभ्सको निर्वाचन आयोगले जनाएको छ। 

दुई लाख ६२ हजार १३५ जना मतदाता रहेको माल्दिभ्समा निर्वाचनका लागि देशभर ४७२ वटा मतदान केन्द्र रहेका छन्। 

वर्तमान राष्ट्रपति अब्दुल्ला यामीन र इब्राहिम मोहमद सोलिहबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। यामीनलार्इ चीनले सहयोग रहेको र सोलिहलार्इ भारतको सहायता रहेको बताइएको छ। 

विवादको घेरामा रहेको यस पटकको राष्ट्रपतिय निर्वाचनको मतदानको पूर्वसन्ध्यामा प्रहरीले माले स्थित विपक्षी दल माल्दिभियन डेमोक्रेटिक पार्टीको प्रचार कार्यालयमा छापा मारेको थियो। निर्वाचन अघि भएको यो घटनाबाट वर्तमान सरकारको निकै आलोचना भएको छ। 

युरोपियन युनियन र अमेरिकाले निर्वाचनका सम्बन्धमा चिन्ता व्यक्त गर्दै त्यहँको प्रजातान्त्रिक अवस्थामा सुधार नआए प्रतिबन्ध लगाउने बताइसकेको छ। 

विपक्षीले निर्वाचन आयोगले यामिनको पक्ष लिँदै काम गरिरहेको आरोप लगाउँदै आएको छ। पर्यवेक्षकहरुलार्इ निर्वाचन पश्चात मत गणनामा सामेल नगराउने बताएकोले धाँधली हुने सक्ने सोलिहले बताएका छन्। ह्युमन राइट्स वाचले समेत सरकारको कार्यहरु प्रति असन्तुष्टी व्यक्त गर्दै आएको छ।  

मतदानको प्रारम्भिक नतिजा सोमबार बिहान प्राप्त हुने र असोज १४ गतेसम्ममा अन्तिम परिणाम घोषणा हुने स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell