PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

एएफसी यू-१६ वुमन्स फुटबल : नेपाल र मलेसियाले खेल्यो बराबरी



पहिलोपोस्ट

एएफसी यू-१६ वुमन्स फुटबल : नेपाल र मलेसियाले खेल्यो बराबरी
फोटो : ANFA

काठमाडौँ : एएफसी यू-१६ वुमन्स च्याम्पियनसिप क्वालिफायर अन्तर्गत भएको समूह इ को अन्तिम खेलमा घरेलु टोली नेपाल र मलेसियाले बराबरी खेलेका छन्।

सशस्त्र प्रहरी बलको मैदान हलचोकमा भएको खेल नेपाल र मलेसियाले ४-४ को बराबरी खेल्दै पहिलो अंक जोडेका हुन्। यसअघि नै समूह चरणबाट बाहिरिसकेको दुवैले समान १ अंक जोड्दै प्रतियोगिता टुङ्गाए।

दुुवैले यसअघि म्यानमार र फिलिपिन्ससँग हार बेहोरेका थिए। यस समूहबाट म्यानमार सबै ३ खेल जित्दै दोस्रो चरणमा प्रवेश गरेको छ। आजै भएको पहिलो खेलमा म्यानमारले फिलिपिन्सलाई ५-१ ले हराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell