PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ग्रिनविचको साँझ : एक हप्ते लण्डन यात्राको वर्णन



ग्रिनविचको साँझ : एक हप्ते लण्डन यात्राको वर्णन

काठमाडौं: साहित्यकार छविरमण सिलवालले आफ्नो एक हप्ते लण्डन यात्रा वर्णनलाई समेटेर नियात्रा कृति 'ग्रिनबिचको साँझ' पस्केका छन्। बुधबार राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा कृति सार्वजनिक भयो।

विमोचनमा समारोहमा साहित्यकार श्रीओम श्रेष्ठ रोदन, डा लक्ष्मणप्रसाद गौतम, डा गीता त्रिपाठी,  साहित्यकार एव‌ं पत्रकार फुलमान वल, ज्ञानु अधिकारीलगायत सहभागी थिए।
 
शाब्दिक बुक्सले बजारमा ल्याएको ग्रिनबिचको साँझमा शेक्सपियरको जन्मस्थलदेखि बेलायतमा तीज मनाइएको वृतान्तसमेत उल्लेख छ।

लेखक सिलवालले एक हप्ते बसाईका अनुभुतिलाई १० वटा विभिन्न शीर्षकमा उनेका छन्। समारोहमा उपस्थितले ग्रिनबिचको साँझमा लन्डनका रमाइला पक्षदेखि त्यहाँका कमजोरीलाई समेत सिलवालले सरल र सरस ढंगले प्रस्तुत गरिएको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell