PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

यसकारण आज रातो बनाइयो काठमाडौँ र पाटन दरबार क्षेत्र

यसकारण आज रातो बनाइयो काठमाडौँ र पाटन दरबार क्षेत्र

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : विश्व सम्पदा सूचीमा रहेका काठमाडौँ र पाटन दरबार क्षेत्रमा आज साँझ पुग्नेहरुले एउटा फरक दृश्य देख्न पाए। रातो प्रकाशले यो ठाउँ पूरै रंगिएको थियो। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठन - नेपालको संयुक्त आयोजनामा दरबार क्षेत्रलाई रातो बत्तीले प्रकाशमय बनाइएको हो। 

आज अर्थात् २६ सेप्टेम्बरमा न्यूयोर्कमा हुन लागेको क्षयरोग सम्बन्धी संयुक्त राष्ट्र संघको पहिलो उच्चस्तरीय बैठकको अवसरमा यस्तो कार्यक्रमआयोजना गरिएको हो। यस बैठकले सन् २०३० सम्ममा विश्वलाई क्षयरोगमुक्त बनाउने प्रतिबद्धतालाई मूर्तरूप दिनका लागि लाखौं मानिसहरूको ज्यान जोगाउन तथा क्षयरोगको रोकथाम गर्न छिटो तथा संयोजित कदम चाल्ने कार्यविधि निर्धारित गर्नेछ।

क्षयरोगको उन्मूलनका लागि संयुक्त प्रयास: विश्वव्यापी महामारी अन्त्य गर्न तत्काल विश्वव्यापी अभियान चालौं” भन्ने नाराका साथ संयुक्त राष्ट्र संघको महासभामा क्षयरोग उन्मूलनको विश्वव्यापी अभियानलाई जोड दिंदै क्षयरोगलाई सम्बोधन गरिएको यो पहिलो पटक हो।

क्षयरोग विश्वमा मृत्युको नवौं मुख्य कारण हो र अहिले विश्वको प्रमुख प्राणघात संक्रामक रोगको रूपमा देखिंदैछ । क्षयरोगबाट सन् २०१७ मा मात्रै १६ लाख मानिसको मृत्यु भएको थियो भने आर्थिक र समाजिक रूपमा पनि गहिरो असर पारेको थियो । 

क्षयरोगको भयानक असर प्रति विश्व जगतको ध्यान खिन्न विश्वका कयौँ  सहरलाई रातो बत्तीले प्रकाशमय  बनाइएको हो।  


ट्रेन्डिङ पोस्ट

Ncell