PahiloPost

Oct 18, 2018 | १ कात्तिक २०७५


चिकित्सा शिक्षा विधेयक हिउँदे अधिवेशनबाट पारित हुन्छः मन्त्री पाेखरेल


पहिलोपोस्ट

चिकित्सा शिक्षा विधेयक हिउँदे अधिवेशनबाट पारित हुन्छः मन्त्री पाेखरेल

काठमाडाैँः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संसद्को वर्षे अधिवेशनबाट चिकित्सा शिक्षा विधेयक पारित नभए पनि सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।

शिक्षा पत्रकार सञ्जाल (इजोन) को ८ अाैँ वार्षिक साधारणसभा तथा ५ अाैँ अधिवेशनको बिहीबार उद्घाटनका क्रममा उनले चिकित्सा विधेयक आउँदो दशैँपछि शुरु हुने हिउँदे अधिवेशनमा पारित गरिने बताए। “अहिले हामी संविधानमा उल्लेख गरिएका मौलिक हकसम्बन्धी ऐन बनाउनका लागि व्यस्त भयाेैँ”, उनले भने, ‘‘जसले गर्दा चिकित्सा शिक्षा विधेयक पारित हुन सकेन । अब अर्को अधिवेशनमा पारित गराउँछौँ।” 

मन्त्री पोखरेलले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन समाजवादोन्मुख भएको पनि बताए। उनले सार्वजनिक शिक्षा सबलीकरणका लागि निजी लगानीकर्तासँग सरकारले समन्वय गर्ने बताउँदै निजी क्षेत्रले दिने शिक्षा नाफाभन्दा सेवामूलक हुनुपर्नेमा जोड दिए। 

उनले सरकारले मुलुकलाई सामाजिक न्यायमा आधारित भएर समृद्ध देश बनाउनका लागि २५ वर्षे रणनीतिसमेत ल्याउन थालेको जानकारी दिए। मन्त्री पोखरेलले विश्वविद्यालयले आधारभूत शिक्षाको चरित्र बदल्नुपर्छ भन्दै यो अनुसन्धान, खोज र नयाँ ज्ञानको साधन बन्नुपर्ने धारणा राखे। उनले नयाँ ल्याउन थालिएको सङ्घीय शिक्षा ऐनमा प्रारम्भिक शिक्षा अभ्यास परिमार्जन गरिने बताए। रासस

यसैगरी अधिवेशनले प्रकृति अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। इजोनका उपाध्यक्षमा रुवी रौनियार, महासचिवमा सूर्य पाण्डे, सचिवमा दुर्गा लामिछाने र कोषाध्यक्षमा विनोद पौडेल रहेका छन्। सदस्यमा विष्णु नेपाल, शरद शर्मा, रविचन्द्र पराजुली, पार्वता चौधरी, रुपेश आचार्य र नारायण किलम्बु रहेका छन्। रासस
 



चिकित्सा शिक्षा विधेयक हिउँदे अधिवेशनबाट पारित हुन्छः मन्त्री पाेखरेल को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट