PahiloPost

Oct 18, 2018 | १ कात्तिक २०७५


विश्व मुटु दिवसका अवसरमा पूर्वमन्त्री थापाले भनेः युवा अवस्थामै मुटुको ख्याल गर्न अावश्यक


पहिलोपोस्ट

विश्व मुटु दिवसका अवसरमा पूर्वमन्त्री थापाले भनेः युवा अवस्थामै मुटुको ख्याल गर्न अावश्यक

काठमाडौँः पूर्वस्वास्थ्यमन्त्री एवं नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले युवा अवस्थामै मुटुको ख्याल गर्न आह्वान गरेका छन्।

विश्व मुटु दिवसका अवसरमा काठमाडौँ क्षेत्र नं ४ सांसदको कार्यालयद्वारा शनिबार यहाँ आयोजित ‘काठमाडौँको गौशालादेखि पशुपति हुँदै विश्वरुपसम्मको वाकाथन’पछि कोणसभामा उनले खानपान र जीवनशैलीमा ख्याल नगरेका कारण मुटुको समस्याले युवा अवस्थामा नै धेरैले अकालमै ज्यान गुमाउनु परेको बताए।

पूर्वस्वास्थ्यमन्त्री थापाले निश्चित उमेरसम्म केही हुँदैन, उमेर बढ्दै गएपछि मात्रै रोग लाग्छ भन्ने सोचाइ गलत भएको उल्लेख गर्दै आफ्नो स्वास्थ्यका बारेमा सरकारलाई गाली गरेर नभई आफैँ ख्याल गर्नुपर्नेमा जोड दिए।

“नागरिकको स्वास्थ्यका बारेमा सरकारका पनि केही जिम्मेवारी त अवश्य छन्, तर ८० प्रतिशत जिम्मेवारी नागरिक आफैँको हो” उले भने। उनले मुलुकको समृद्धिको यात्रा पनि नागरिकको स्वस्थ्य जीवनबाटै शुरु हुने बताए।

स्वस्थ्य नागरिकबिना मुलुक समृद्ध बन्न नसक्ने बताउँदै उनले निरोगी नागरिकबाट मात्रै मुलुकले समृद्धि हासिल गर्नसक्ने धारणा व्यक्त गरे। रासस



विश्व मुटु दिवसका अवसरमा पूर्वमन्त्री थापाले भनेः युवा अवस्थामै मुटुको ख्याल गर्न अावश्यक को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट