PahiloPost

Dec 17, 2018 | २ पुष २०७५


किन बढ्दैछ युवामा एन्जाइटी? : कारक - वातावरण परिवर्तनदेखि फेक न्युजसम्म!


पहिलोपोस्ट

किन बढ्दैछ युवामा एन्जाइटी? : कारक - वातावरण परिवर्तनदेखि फेक न्युजसम्म!
फोटो:yuobserver.org

परीक्षा दिनुअघि वा जागिरका लागि अन्तर्वार्ता दिन जाँदा हामी आत्तिन्छौँ, चिन्तित महसुस गर्छौँ। यो सामान्य हो। तर, जब असामान्य रूपमा परिस्थितिहरू परिवर्तन हुँदै जान्छन् त्यसले ‘एन्जाइटी’ विकास गर्न सक्छ। 

‘एन्जाइटी’ एक प्रकारको मानसिक रोग हो। कुनै खतरा भनेर हाम्रो शरीर अथवा दिमागले महसुस गर्‍यो र बाहिरी वातावरणमा कुनै किसिमको खतरा महसुस भयो भने शरीरले प्रतिक्रिया देखाउँछ। प्रतिक्रिया देखाउने क्रममा जुन लक्षणहरू शरीरमा उत्पन्न हुन्छ त्यसलाई हामीले एन्जाइटी भन्छौ।

विभिन्न मानसिक समस्या जस्तै ‘प्यानिक डिसअर्डर’,’पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर’,‘फोबाइस र अब्सेसिभ कम्पल्सिभ डिसअर्डर(ओसीडी)’का कारण पनि ‘एन्जाइटी’ हुन सक्छ।

कुनै पनि व्यक्तिमा ‘एन्जाइटी’ प्रारम्भिक चरण मै देखिए त्यसलार्इ ‘जेनरल एन्जाइटी डिसअर्डर (जीएडी)’ भनिन्छ। बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले  ‘जीएडीभएका व्यक्तिहरू प्राय दिनहरूमा चिन्तित रहन्छन् र पछिल्लो पटक आफू आनन्दले बसेको याद गर्न सक्दैनन्। एक विषयमा आफूमा रहेको चिन्ता अन्त्य हुने बित्तिकै उनीहरू अरू विषयका कारण पुन चिन्तित बन्छन् ’ भनेर व्याख्या गरेको छ।

अमेरिकाका करिब ७० लाख मान्छे ‘जीएडी’बाट प्रभावित छन्। त्यसबाट उनीहरूको सामाजिक जीवनमा धेरै नै प्रभाव परेको हुन्छ।


यसले मान्छेलार्इ धेरै सचेत गराउँछ। तथापि अरूले कुरा गर्ने वा भिडमा एक्लो हुने डरले उनीहरू अरूका अघि खान पिउन  चाहँदैनन्। यस्ता धेरै कारणहरू ‘एन्जाइटी’ भएको व्यक्तिमा हुन्छ।

‘एन्जाइटी डिसअर्डर’ हुनु अमेरिकामा  मात्र हैन नेपालमा पनि सामान्य भइसक्यो। यसबाट ४ करोड युवा  अमेरिकामा प्रभावित छन्। नेपालमा कुनै अध्ययन अनुसन्धान भएको छैन।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ )का अनुसार विश्वभर ३००  मिलियन मान्छेमा एन्जाइटी डिसअर्डर रहेको छ।

‘एन्जाइटी डिसअर्डर’ कुनै नयाँ मानसिक रोग होइन। सन् १६२१ मा रोबर्ट बर्टनले ‘डी एनाटोमी अफ मेलनकोली’ मा एक बिरामीलार्इ ‘हिप्पोक्रेट’ भनी ‘एन्जाइटी’का  बारेमा  लेखेका थिए।

'उनी कार्यालय आएनन् किनभने उनमा आफ्नो गलत प्रयोग हुनसक्ने,घृणित महसुस गर्न सक्ने, हाउभाउ वा बोलीचालीमा असफल हुने , बिरामी हुने आभास हुन्छ। सबैले आफूलार्इ हेरिरहेको भनी असजिलो महसुस गर्छन्।’ लेखको एक अंश त्यस्तो थियो।

‘एन्जाइटी’ मानिसहरूमा मात्र हुने मानसिक बिमारी होइन। यसको सुरुवात नै हिंस्रक जनावरबाट भएको मान्न सकिन्छ। मानिसको जीवनमा डर लाग्दो परिस्थिति आउँदा चिन्तित हुने कुरा उसको प्राकृतिक क्षमतामा निर्भर गरेको हुन्छ।

धेरै पटक’ एन्जाइटी’बाट प्रभावित हुँदा त्यसले धेरै समस्या निम्तिन सक्छ। 

के ‘एन्जाइटी’ले आज हामीलार्इ पहिला भन्दा धेरै प्रभावित गरेको छ ? भन्ने प्रश्न अहिलेको मुख्य विषय हो। मानसिक रूपमा स्वस्थ हुनु एक  अहिलेको मानिसको  लक्ष्य नै रहेको छ।
 

के ‘एन्जाइटी’ पश्चिममा मुलुकमा धेरै रहेको छ ?

२०१७ मा ‘जामा साइक्याट्री ’ जर्नलमा प्रकाशित एक अध्ययनले यही प्रश्नका बारेमा उत्तर खोज्ने प्रयास गरेको थियो।  अनुसन्धानकर्ताहरूले ‘जीएडी’को प्रवाभको बारे अध्ययन गरेका थिए। 

अमेरिकामा कमजोर सामाजिक र आर्थिक अवस्था रहेको मानिसमा मानसिक बिमारी सामान्य हुने अनुमान गरे पनि कमजोर आर्थिक सामाजिक अवस्था रहेको राष्ट्रमा समेत ‘एन्जाइटी’ चरम रूपमा भेटिन सकिन्छ।

गरिब राष्ट्रहरूमा मानिसहरू खाना,पानी  घर लगायत विभिन्न कारणले चिन्तामा रहन्छन्। तथापि ‘जीएडी’ कुनै कारण बिना नै हुने एन्जाइटीको स्वरूप हो भन्ने विषय बिर्सनु हुँदैन। धेरै संघर्ष गर्नुपर्ने राष्ट्रहरूमा धेरै ‘एन्जाइटी’ हुनु स्वभाभिक मानिन्छ जुन उपचार गर्ने अवस्थामा हुँदैन।

२६ देशका १,४७,२६१ युवाहरू सम्मिलित अध्ययनको निष्कर्ष यस्तो थियो:
‘जीएडीसँगको विपरीत सम्बन्धमा भएता पनि धेरै आयस्रोत भएको राष्ट्रमा एन्जाइटी सामान्य भइसक्यो।’

'यसका साथै कम आर्थिक अवस्था रहेको प्राय सबै राष्ट्रमा ‘जीएडी’ रहेकै हुन्छ र त्यसबाट त्यहाँका मानिसहरूको जीवनीमा धेरै समस्या देखिन्छ।' 

वैज्ञानिकहरूले आयस्रोतका आधारमा‘जीडीए’ले प्रभावित तथ्याङ्क यस्तो निकालेका  छन्।

कम आय स्रोत भएको राष्ट्र:१.६ प्रतिशत
मध्यम आय स्रोत भएको राष्ट्र :२.८ प्रतिशत
उच्च आय स्रोत भएको राष्ट्र : ५.० प्रतिशत

धेरै अनुसन्धानहरूबाट धनी राष्ट्रहरूमा ‘एन्जाइटी’को उच्च प्रभाव रहेको पाइएको छ।

सन् २०१७ मा ‘डब्लुएचओ’को ‘डिप्रेसन’र अन्य मानसिक समस्याका बारेको ‘ग्लोबल रिपोर्ट’ले विश्वभर हुने मानसिक बिमारीका बारे तुलना गरेको थियो।

उनीहरूले ‘डिप्रेसन’को स्तर तुलना गर्दा कुनै पनि क्षेत्रमा धेरै प्रभाव परेको देखिएन। तर जब ‘एन्जाइटी’ बारे उनीहरूले खोज गरे अफ्रिका र युरोप भन्दा अमेरिकन क्षेत्रमा त्यसको धेरै प्रभाव रहेको देखियो। 

अमेरिका र पश्चिम राष्ट्रहरूमा ‘एन्जाइटी’ उच्च बिन्दुमा रहेको देखियो। यो सङ्ख्या स्थिर नहुने भन्दै कम आर्थिक स्रोत भएको राष्ट्रमा पनि सामान्य मानसिक बिमारी बढ्दै गएको रिपोर्टमा उल्लेख गरिएको छ। 
वृद्धवृद्धाहरुमा भने एन्जाइटीको प्रभाव खासै नरहेको पाइएको छ। अमेरिकी नागरिकको औसत आयु बढ्दै गएको हुनाले ‘एन्जाइटी’हुने क्रम बिस्तारै कम हुँदै जाने विश्वास गरिएको छ। 

अमेरिकामा ‘एन्जाइटी’ बढ्दै छ?

२०१७ मा अमेरिकन साइक्याट्रिक एसोसिएसनले अमेरिकाका  एक हजार आवासीय क्षेत्रमा सर्वेक्षण गरेको थियो। अनुसन्धानका क्रममा करिब दुर्इ तिहार्इ व्यक्तिहरू आफ्नो र परिवारको सुरक्षाका बारेमा निकै वा केही प्रकारले चिन्तित रहेको पाइएको थियो। गत वर्ष भन्दा धेरै सङ्ख्यामा उनीहरूमा ‘एन्जाइटी’ बढेको पाइएको थियो।

२१ औ शताब्दीमा युवा अवस्थामा टेकेकाहरूमा ‘एन्जाइटी’ धेरै रहेको पाइएको थियो।

त्यो अध्ययनको २०१८ मा पुन सर्वेक्षण गरिएको थियो। त्यसक्रममा ‘एन्जाइटी’५ प्रतिशतले बढेको पाइएको थियो। यसमा पनि युवाहरू धेरै प्रभावित भएको पाइएको थियो।यसमा याद गर्नुपर्ने कुरा भनेको ‘एन्जाइटी’ बढ्दै गएता पनि त्यसको उपचार भने कम मात्र हुने गरेको छ। मानसिक समस्या नभइकन पनि कहिलेकाहीँ धेरै चिन्तित महसुस गर्नु प्राकृतिक रूपमा स्वभाभिक कुरा हो। 

धेरै अध्ययनहरूले पश्चिमी राष्ट्रहरूमा पनि मानसिक रोगको समस्या बढ्दै गएको देखाएको छ।

सन् २०१० मा प्रकाशित भएको ‘मेटा एनालाइसिस’ले ७७ हजार युवाबाट तथ्याङ्क संकलन गरेको थियो। त्यसमा सन् १९३८ देखि २००७का बीच मानसिक रोगको समस्या धेरै बढेको उल्लेख थियो।

यस्तै ७० लाख अमेरिकीहरूमा गरिएको अनुसन्धानले‘डिप्रेसन र सोम्याटिक’ लक्षणहरू सन् ११९८०-९० भन्दा २०००-२०१० मा धेरै बढेको निष्कर्ष निकालेको थियो।
  
बेलायतको काउन्सिल फर साइकोथेरापीले २०१७ मा ‘फूल टाइम र पार्ट टाइम’ काम गर्ने मानिसहरुकों मानसिक स्वास्थ्यका सम्बन्धमा अध्ययन गरी रिपोर्ट प्रकाशित गरेको थियो। उक्त रिपोर्टमा उनीहरूमा विगतका ४ वर्ष भन्दा बढी ‘एन्जाइटी’ बढेको बताइएको छ।

युरोपभरी एक तिहाइ व्यक्तिमा कुनै न कुनै प्रकारको ‘एन्जाइटी’ हुनु सामान्य रहेको रिपोर्टमा उल्लेख छ।  यो अध्ययन २००५ मा गरिएको एक अध्ययनको ‘फलोअप’ थियो।

रिपोर्टमा विगतमा युरोपियन राष्ट्रका मानिसहरूको मानसिक स्वास्थ्यलार्इ महत्व नदिइएको बताइएको छ। अर्को एक रिपोर्टले भने ‘एन्जाइटी’ रहेका मानिसहरूमा कुनै प्रकारको परिवर्तनका सन्दर्भमा देखिएको प्रमाणहरु विश्वासिलो हुनेमा शंका रहेको उल्लेख छ।

उपचारका लागि आउने व्यक्तिहरुको सङ्ख्या वृद्धि हुदैँ गएको छ। त्यसले यस्ता समस्याहरू धेरै नै सामान्य रहेको देखिएको रिपोर्टमा उल्लेख गरिएको छ।

अनुसन्धानकर्ताहरूका अनुसार ‘एन्जाइटी’ सम्बन्धी ३० देखि ५० प्रतिशत समस्या ‘जीन’ का कारण हुने उल्लेख गरिएको छ। ‘जीन’दशकौं वा शताब्दीसम्म परिवर्तन नहुने हुँदा ‘एन्जाइटी’को स्तर जहिल्यै स्थिर रहन्छ।

‘एन्जाइटी’ विकास हुन सक्ने अवस्था समाजमा परिवर्तन


खाद्यान्न र पानी धेरै मात्रामा रहेकाले पश्चेली समाज ती बिना बाच्नु पर्ने दबाब निकै कम रहेको छ।त्यसैले उनीहरूको समाज मानसिक रूपमा धेरै संवेदनशील रहेको धेरैले तर्क गर्ने गरेका छन्।

उनीहरू अहिले सामान्य इच्छा जस्तै परिवार साथीभाइ बीच रमाउनु, समाजमा घुलमिल हुनुभन्दा विलासी आकंक्षाजस्तै नयाँ कार, ठूलो घर प्रति केन्द्रित रहेको तर्क गर्छन्। यसबाट अनुसन्धानलार्इ निष्कर्षमा पुर्‍याउन कठिन भएता पनि केही वैज्ञानिकहरूले माथि जस्तै समान निष्कर्ष निकालेका छन्।

१९९० मा प्रकाशित एक अध्ययनले पैसा, स्वरूप र आर्थिक सामाजिक स्तर राम्रो भएको मनिसहरु धेरै चिन्तित र निराश हुने तथ्य सार्वजनिक गरेको थियो। 

एक्लै बस्नु

मानिसहरू आजकल एक्लै बस्न रुचाउँछन्।सन् १९६० मा अमेरिकामा ७ प्रतिशत युवाहरू एक्लै बस्थे। २०१७ सम्म एक तिहाइ युवा एक्लै बस्ने गरेको पाइएको छ।
 
धेरै मानिसहरू एक्लै बसेर खुसी छन्। तर अरू छैनन्।
 
एक्लोपनले‘डिप्रेसन र अलजाइमर’जस्ता जोखिमयुक्त समस्या हुन सक्छ।‘ डिप्रेसन र एन्जाइटी’ छुटाछुट्टै अवस्था रहे भएपनि ‘डिप्रेसन’ भएका व्यक्तिहरुमा‘एन्जाइटी’को जस्तै समान लक्षणहरू देखिन सक्छ। जस्तै :धेरै आत्तिनु । ‘सोसियल एन्जाइटी डिसअर्डर’ क्रमिक रूपमा ‘डिप्रेसन’सँगै देखिने गर्छ।
 
‘डिप्रेसन’ भएकाहरुलार्इ जीवनमा पहिल्यै नै ‘एन्जाइटी डिसअर्डर’भएको हुने गर्छ। ‘अल्जाइमर’ भएका व्यक्तिहरुमा भइरहने ‘मुड चेन्ज एन्जाइटी’ कै कारणले हुनसक्छ। 

एक्लोपनले ‘क्रोनिक पेन’का लक्षणलार्इ धेरै बिगार्न सक्छ। त्यसले‘एन्जाइटी’ बढ्ने सम्भावना हुन्छ। 

सामाजिक रूपमा अल्लगिएर बसेकाहरुमा झनै धेरै ‘एन्जाइटी’ हुनेगर्छ। 

 रासायनिक विश्व


हाम्रो वातावरणमा धेरै प्रकारको रासायनिक तत्त्वहरू मिलेको हुन्छ। २०१३ मा प्रकाशित एक शोध पत्रका अनुसार वातावरणमा मिसिएको रसायनले गर्भमा रहेको शिशुको मस्तिष्कमा प्रभाव पार्न सक्ने जनाएको थियो।

वैज्ञानिकहरूले विषाक्त रसायन जस्तै ‘लिड,मेथाइल्मर्करी,र प्लास्टिक’ जस्तै धेरै ‘टक्सिक’ पदार्थहरूको अध्ययन गरेका थिए। उनीहरूले जाँच गरेका रसायनहरूमध्ये दुर्इ रसायनको ‘एन्जाइटी’सँग सम्बन्ध रहेको पत्ता लागेको थियो। ती हुन,‘फथालेटस् र बिसफेनोल’, यी दुवै रसायन ‘प्लास्टिक’उत्पादनका लागि प्रयोग हुने गर्छ। 

‘बीएमजे’ले ७० हजार महिला नर्सहरूमा गरेको अध्ययनले ‘एन्जाइटी’ र वायु प्रदूषणबिच सम्बन्ध रहेको निष्कर्ष निकालेको थियो। प्रदूषित हावामा धेरै समय बिताउने मान्छेहरूमा ‘एन्जाइटी’का धेरै लक्षण देखिएको रिपोर्टमा उल्लेख गरिएको थियो।
 
मानिसहरू जहिल्यै एकै प्रकारका रसायनको सम्पर्कमा रहँदैनन्। उनीहरू धेरै रसायनकाबीच जीवन बिताइरहेका हुन्छन्। त्यसैले वातावरण र रसायनका बारे अझै ठोस निष्कर्ष निकाल्न भने कठिन नै छ।

सामाजिक संजाललार्इ दोष ?

केहीले सामाजिक सञ्जाल र मानसिक स्वास्थ्यसँग ‘एन्जाइटी’को सम्बन्धका बारेमा अध्ययन गरेका छन्।

सामाजिक सञ्जाल खास गरी रातको समयमा प्रयोग गर्ने स्कटल्यान्डका  २०० जना युवाहरूमा गरिएको सर्वेक्षणमा  उनीहरूमा कम आत्म विश्वास,’एन्जाइटी र डिसअर्डर’ हुने देखिएको थियो।

यस्तै १७ हजार अमेरिकी युवाहरूमा गरिएको सर्वेक्षणमा धेरै सामाजिक सञ्जाल प्रयोग गर्ने व्यक्तिहरुमा ‘डिप्रेसन र एन्जाइटी’को प्रभाव धेरै हुने गरेको पाइएको छ।

यसलार्इ भिन्न दृष्टिकोणले पनि हेर्न सकिन्छ।  मानिस केही आनन्द प्राप्त गर्नका लागि सामाजिक सञ्जाल प्रयोग गर्ने गरेको हुन सक्छन्। सामाजिक सञ्जालले ‘एन्जाइटी’ विकास नगरेर,‘एन्जाइटी’ले भने मानिसलार्इ सामाजिक सञ्जाल तर्फ आकर्षित गरेको हुन पनि सक्छ।
 
‘एन्जाइटी’ धेरै कारणले हुनसक्छ।
 
मनोचिकित्सकका रूपमा काम गरेका जोन एस. प्रिन्सले एक अध्ययन प्रतिवेदनमा ‘ मनोचिकित्सकका रूपमा काम गरिरहँदा म कहाँ आउने बिरामीहरुलार्इ म टेलिभिजनमा समाचार नहेर्न सुझाव दिन्छु’ भनेर लेखेका छन्।

वातावरण परिवर्तन, इबोला, मासु खाने भाइरस, एन्टिबायोटिक, आर्थिक असमानता , फेक न्यूज….. यस्ता धेरै कारणहरूले ‘एन्जाइटी’ हुनसक्छ।

विगतका  ५, १० वा ५० वर्ष पहिले भन्दा  हामी अहिले धेरै तनावमा जीवन बिताइरहेकाले पनि ‘एन्जाइटी’ धेरै फैलिएको हो। यद्यपि कुन समाज कति तनावमा रहेको छ भनी आंकलन गर्न गाह्रै छ।

समाजमा माथि उल्लेखित सबै कारण बिना पनि‘एन्जाइटी’ बढेको हुन्छ। मानिसहरू फरक छन्, उनीहरूमा ‘एन्जाइटी’ हुनुको कारण फरक फरक हुनसक्छ। 



किन बढ्दैछ युवामा एन्जाइटी? : कारक - वातावरण परिवर्तनदेखि फेक न्युजसम्म! को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट