PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

निर्मला हत्या प्रकरणः अध्ययन प्रतिवेदन सार्वजनिक गरी दोषिलाई कारबाहीको माग गर्दै प्रदर्शन

निर्मला हत्या प्रकरणः अध्ययन प्रतिवेदन सार्वजनिक गरी दोषिलाई कारबाहीको माग गर्दै प्रदर्शन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँः कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अध्ययन प्रतिवेदन सार्वजनिक गरी दोषिलाई कारबाहीको माग गर्दै राजधानीको माईतीघर मण्डलामा नागरिक दबाब कार्यक्रम गरिएको छ।

निर्मलाको न्यायका लागि स्वतः स्फुर्त रुपमा शनिबार राजधानीको माईतिघर मण्डलामा भेला भएका नागरिक अभियन्ताहरुले घटनाको छानविन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका हुन्। 

घटना भएकोे २ महिना भइसक्दा पनि दोषी पत्ता नलाग्नु र छानविन समितिको प्रतिवेदन सार्वजनिक नगर्नुले सरकार अपराधीको संरक्षणमा लागेको प्रमाणित भएको भन्दै उनीहरुले सरकारविरद्ध नाराबाजी गरेका थिए। छानविन प्रतिवेदन सार्वजनिक गरि दोषीलाई कारबााही गर्नुको साथै मुलुकभरका महिला हिंसाका घटना न्युनिकरणको माग गरेका थिए।

उनीहरुले सरकार कहाँ चुक्दैछ, बलात्कारीसँग झुक्दैछ, सरकार किन झक्दैछ, बलात्कारी किन लुक्दैछ, गृहमन्त्री के हेर्दै, बलात्कारीले देश घेर्दै, निर्मलाई देऊ न्याय, नागरिकमाथि भयो अन्याय भन्दै नारा लगाएका थिए ।

गृहमन्त्रालयद्धारा गठित उच्चस्तरीय छानविन समितिले सो घटनको अध्ययन प्रतिवेदन बुझाईसकेको भएपनि सरकारले प्रतिवेदन सार्वजनिक गरेको छैन ।


 


ट्रेन्डिङ पोस्ट

Ncell