PahiloPost

Dec 19, 2018 | ४ पुष २०७५


काठमाडौंका १८ सय स्थानमा सिसी क्यामेरा जडान गरिने, फोहर संकलन क्षेत्रमा पनि


पहिलोपोस्ट

काठमाडौंका १८ सय स्थानमा सिसी क्यामेरा जडान गरिने, फोहर संकलन क्षेत्रमा पनि

काठमाडौँः काठमाडौँ महानगरपालिकाले सुरक्षालाई थप मजबुत बनाउन एक हजार ८ सय स्थानमा सिसी क्यामेरा जडान गर्ने तयारी गरेको छ।

यसअघि नेपाल प्रहरीले कामपाभित्र ३ सय ५० स्थानमा सिसी क्यामेरा जडान गरिसकेको छ। ती क्यामेराले अपुग भएपछि कामपाले थप क्यामेरा जडान गर्न लागेको हो। प्रहरीले उपत्यकामा करीब ५ सयभन्दा बढी क्यामेरा जडान गरेको छ।

अब जडान गर्ने अरु एक हजार ४ सयभन्दा बढी क्यामेराको लागि पनि नेपाल प्रहरीसँगै मिलेर नै काम गर्ने कामपाको सूचना प्रविधि महाशाखा प्रमुख धु्रव काफ्लेले जानकरी दिए।

जडानको लागि एक हप्ताअघि कामपा र नेपाल प्रहरीबीच कार्यदल बनिसकेको छ। यसअघि नेपाल प्रहरीले कामपाको मुख्य शहरमा क्यामेरा जडान गरे पनि अब राखिने क्यामेरा सम्पदा क्षेत्र, नदीको किनार र कम सुरक्षा रहेको सडक गल्लीमा राखिने तयारी कार्यदलको छ।

त्यसैगरी आगामी दिनमा फोहर सङ्कलन क्षेत्रमा पनि क्यामेरा राखिनेछ । नगरका कर्मचारीले समयमा नै फोहर सङ्कलन गरेकी गरेनन् भन्नेबारे जानकारी लिने र नगरेमा कारवाही गर्न सहजिलो हुने विश्वास गरिएको छ। त्यस्तै सर्वसाधारणले पनि जथाभावी फोहर फालेका छन् की छैनन् भन्ने जानकारीको लागि पनि यसरी क्यामेरा जडान गर्न लागिएको हो।

सम्पदा क्षेत्रको संरक्षण र सरसफाइ नियमित गर्नका लागि क्यामेराले सहयोग गर्ने पनि जनाइएको छ। क्यामेराको क्षमताको आधारमा कति-कति दूरीका क्यामेरा जडान गर्ने निश्चित गरिन्छ। सामान्यतया एउटा क्यामेराले तीन मिटरदेखि २५ मिटरसम्मको क्रियाकलापलाई सुरक्षित गर्दछ।

उक्त कार्यको लागि कामपा र नेपाल प्रहरीले लगानी नगरी सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत कामअघि बढाइने छ। दशैँ अगावै काम शुरु गर्ने भने पनि दुई पक्षबीचको आन्तरिक छलफल बाँकी रहेकाले दशैँ लगत्तै प्रभावकारीरुपमा काम शुरु गरिने जानकारी गराइएको छ। रासस



काठमाडौंका १८ सय स्थानमा सिसी क्यामेरा जडान गरिने, फोहर संकलन क्षेत्रमा पनि को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट