PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

साफ यू-१५ च्याम्पियनसिप : श्रीलंकाले नखेल्ने भएपछि नयाँ खेलतालिका सार्वजनिक, नेपालको पहिलो खेल माल्दिभ्सससँग



पहिलोपोस्ट

साफ यू-१५ च्याम्पियनसिप : श्रीलंकाले नखेल्ने भएपछि नयाँ खेलतालिका सार्वजनिक, नेपालको पहिलो खेल माल्दिभ्सससँग

काठमाडौं : नेपाल यही अक्टोबर अन्तिम साताबाट सुरु हुने साफ यू-१५ च्याम्पियनसिपको नयाँ खेलतालिका सार्वजनिक भएको छ।

अन्तिम समयमा आएर श्रीलंकाले नाम 'विथड्र' गरेपछि साफले नयाँ खेल तालिका सार्वजनिक गरेको हो।

अब दक्षिण एसियाका ६ टोलीलाई दुई समूहमा विभाजन गरेर च्याम्पियनसिप खेलाइनेछ। दुवै समूहमा समान तीन टिम हुनेछन्।

नयाँ तालिका अनासर आयोजक नेपाल समूह ए मा छ। नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्नेछ। समूह ए मा नेपाल र माल्दिभ्ससँगै बंगलादेश पनि छ। यसैगरी समूह बी मा भारत, पाकिस्तान र भुटान छन्।

च्याम्पियनसिपका सबै खेलहरु अक्टोबर २५ देखि नोभेम्वर ३ सम्म सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ। दुवै समूहको शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन्।

नेपालले पहिलो खेल अक्टोबर २५ मा माल्दिभ्ससँग र बंगलादेशसँग दोस्रो खेल अक्टोबर २९ मा खेल्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell