PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न हेर्नुहोस् रित्याइएको सडक

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न हेर्नुहोस् रित्याइएको सडक

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको 'फिर्ती सवारी'मा अवरोध हुन नदिन महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुको लागि बिहिबार दिउँसो केही समयको लागि दुईतर्फी बाटो बन्द गर्‍यो।

त्रिभुवन विमानस्थलदेखि उनको सरकारी निवास बालुवाटारसम्मको बाटोमा अन्य सवारी निषेध गरिएको हो। ट्राफिक महाशाखाले विशेष कारण भन्दै ओली फर्किँदाको समयमा दुईतर्फी नै बाटो सर्वाधारणका लागि निषेध गरेको थियो।

एयरपोर्ट, तिलगंगा, गौशाला, रातोपुल, ज्ञानेश्वर, भाटभटेनी हुँदै बालुवाटारसम्म दुईतर्फी सवारी साधनको आवागमन प्रभावित हुने भन्दै वैकल्पिक बाटो प्रयोग गर्न ट्राफिक प्रहरीले प्रम ओली आउनुअघि नै सूचना जारी गरेको थियो।

महाशाखाका एसपी राजकुमार लम्सालले सरकार प्रमुखको औपचारिक विदेश भ्रमण आउँदा र जाँदा बाटो सर्वसाधारणका लागि बन्द गर्ने परम्पराअनुसार दुवैतर्फ बाटो बन्द गरिएको बताए।

दुईतर्फी बाटो बन्द हुँदा काठमाडौंको सवारी आवागमन प्रभावित भयो। प्रधानमन्त्री असोज ६ गते राति अमेरिका गएका थिए। आज उनी कतार एयरवेजको विमानबाट स्वदेश फर्किएका हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell