PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

तितेपातीबाट तेल उत्पादन, एक लिटरकाे पर्छ ८ हजार ५ सय



पहिलोपोस्ट

तितेपातीबाट तेल उत्पादन, एक लिटरकाे पर्छ ८ हजार ५ सय

खोटाङः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेकामा तितेपाती प्रशोधन गरेर सुगन्धित तेल उत्पादन गर्न थालिएको छ। पाथेकाका नौ युवाको समूहले शेयर लगानीमा खेर गइरहेको तितेपाती प्रशोधन गरेर सुगन्धित तेल उत्पादन गर्न थालेको हो।

करीब रु ३५ लाखको लगानीमा पाथेकाको तापखोलास्थित त्रिवेणीमा सो उद्योग स्थापना गरिएको छ। ‘समृद्धि पथ एग्रो कम्पनी प्रालि’द्वारा सञ्चालित सो उद्योगबाट हालसम्म २५ लिटर तेल उत्पादन भएको सञ्चालक मुगाधन राईले बताए। 

'तीन हप्तासम्म परीक्षण गरेर तेल प्रशोधन गर्न थालिएको हो,' उनले भने। सो क्षेत्रमा पर्याप्त मात्रामा तितेपाती रहेको छ। औषधिका रुपमा प्रयोग गरिने तितेपाती तेलको माग बढ्दै गएको राईले बताए।

प्रतिलिटर रु ८ हजार ५०० का दरले तेल बिक्री भइरहेको छ। 'हामीले तेल उत्पादन थालेलगत्तै विभिन्न ठाउँबाट माग आउन थालेको छ', राईले भने, 'हाम्रो उत्पादनले बजार पाउन थालेको छ।' 

तेल उत्पादन गर्नका लागि एक पटकमा करीब ७०० किलो तितेपाती पकाउनु पर्छ। दुई पटकमा गरी करीब दुई लिटर तेल निकाल्न सकिन्छ । तितेपाती सङ्कलन गरी वाष्पीकरण विधिबाट पकाएर तेल निकाल्ने गरिन्छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell