PahiloPost

Oct 18, 2018 | १ कात्तिक २०७५


पत्रिका जलाउने ४ जना पक्राउ


महेन्द्र बम

पत्रिका जलाउने ४ जना पक्राउ

कैलालीः कैलालीको अत्तरीयामा गत बुधबार पत्रिका जलाएको आरोपमा कैलाली प्रहरीले चार जनालाई पक्राउ गरेको छ। अत्तरीयाकै मुन्ना बिक, दुर्गा अधिकारी, धर्म कुँवर र धर्मानन्द बिकलाई जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेको हो। 

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। जाहेरी प्राप्त भएपछि समाजिक कसुर अन्तर्गत कारबाही गरिने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि वलीले बताए। विषेश अनुसन्धानका आधारमा उनीहरुलाइ पक्राउ गरीएको हो। 

गोदावरीमा राजधानी सारेको विरोधमा समाचार प्रकाशन गरेको भन्दै प्रदेशका लागि ल्याइन लागेका कान्तिपुर, काठमाण्डौ पोष्ट, अन्नपुर्ण पोष्ट र नागरीक दैनिक पत्रिका अत्तरियामा जबरजस्ती खोसेर जलाइएको थियो। 



पत्रिका जलाउने ४ जना पक्राउ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट