PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

फोटोमा हेर्नुस्, नयाँ नोट साट्नेको बिहानैदेखि चटारो

फोटोमा हेर्नुस्, नयाँ नोट साट्नेको बिहानैदेखि चटारो

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौः नेपाल राष्ट्र बैंकले दशैँका लागि नयाँ नोट वितरण आजदेखि सुरु गरेको छ। राष्ट्र बैंकले तीन सरकारी बैंकसहित निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाबाट सटही सुविधा उपलब्ध गराएको छ। नयाँ नोट लिन आज बिहानैदेखि सर्वसाधारणको घुँइचो लागेको छ।

आगामी असोज २९ गतेसम्म ५, १०, २० र एक सय दरका गरी जम्म एक जनाले जम्मा २७ हजार रुपैयाँसम्म नोट सटही गर्ने व्यवस्था मिलाइएको बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए।

नयाँ नोट राष्ट्र बैंकको केन्द्रिय तथा क्षेत्रीय कार्यालयहरुबाट लिने व्यवस्था मिलाइएको छ । त्यसैगरी केही बाणिज्य बैंकहरुबाट पनि नयाँ नोट सटही गर्न पाउने व्यवस्था गरिएको पनि नेपाल राष्ट्र बैंकले जनाएको छ।

यसैबीच, नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय थापाथलीमा नयाँ नोट सटहीका लागि भीड लागेको छ । नेपाल राष्ट्र बैंकले दसैंको अवसर पारेर हरेक वर्ष नयाँ नोट सटही गर्दै आएको छ।

राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रति व्यक्ति २० हजार रुपैयाँसम्म उपलब्ध गराएको छ। यसअघि राष्ट्र बैंकले काठमाडौँस्थित बैङ्किङ कार्यालय र आफ्ना क्षेत्रीय कार्यालयहरूबाट नयाँ नोट सटही गर्थ्यो। यसपालि सर्वसाधारणको सुविधाका लागि नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकबाट पनि सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाएको छ।

निजी क्षेत्रका बैंकहरुले राष्ट्र बैंकबाट पैसा लगेर आफूले चिनेजानेकाहरुलाई मात्र सटही सुविधा दिएको गुनासो बारम्बार आउन थालेपछि तीन सरकारी बैंकमार्फत राष्ट्र बैंकले साटेजस्तै माग्न आउनेजतिलाई वितरण गर्ने व्यवस्था मिलाएको हो।

नेपाल बैंकको काठमाडौं बैङ्किङ अफिस, न्यूरोड, बालाजु, पाटन, कीर्तिपुर र भक्तपुरबाट सटही सुविधा पाइन्छ। राष्ट्र वाणिज्य बैङ्कको सिंहदरबार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्साल शाखाबाट पनि सटही सुविधा लिन पाइन्छ।

साथै कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट सटही सुविधाको व्यवस्था मिलाइने छ। राष्ट्र बैंकमै गएर साट्नेहरूले भने प्रति व्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट पाउने छन्।

निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थालाई भने सर्वसाधारणलाई नयाँ नोट वितरण गर्न राष्ट्र बैंकले साढे तीन करोडदेखि ११ करोड रुपैयाँसम्म उपलब्ध गराउने जनाएको छ। यसपालि ४० अर्ब रुपैयाँको नयाँ नोट साटिने लक्ष्य छ।



ट्रेन्डिङ पोस्ट

Ncell