PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

करण र सन्दीपको उत्कृष्ट प्रदर्शनमा नेपालको लगातार तेस्रो जित, हेर्नुस फोटोमा

करण र सन्दीपको उत्कृष्ट प्रदर्शनमा नेपालको लगातार तेस्रो जित, हेर्नुस फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : सन् २०२० मा अष्ट्रेलियामा हुने आइसीसी टी-२० वर्ल्डकपको लागि पहिलो चरणको खुड्किलोको रुपमा रहेको एसिया रिजन क्वालिफायर समूह बी मा नेपालले लगातार तेस्रो जित हात पारेको छ।

करण केसीको अलराउण्ड प्रदर्शन अनी सन्दीप लामिछानेको ५ विकेट मद्दतमा नेपालले आइतवार थाइल्याण्डलाई डिएल मेथडमा १४० रनले पराजित गर्‍यो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाउँदा करणले १४ बलमा नटआउट ४० रन प्रहार गरे। करणले ३ विकेट पनि लिए। वर्षाले खेल प्रभावित हुनुअघि नेपालले घातक बलिङ गर्दा थाइल्याण्ड ८.५ ओभरमा ९ विकेट गुमाएर जम्मा १८ रन बनाएको थियो।

फोटो : रमन शिवाकोटी


ट्रेन्डिङ पोस्ट

Ncell