
काठमाडौँ : अर्जेन्टिनाको ब्युनर्स आयर्समा भइरहेको तेस्रो युथ ओलम्पिकमा नेपाली खेलाडीद्वय सोनिया भट्ट र रुकेश महर्जन पराजित भएका छन्।
जुडोको महिला ४४ केजी तौल समूह मुनी प्रतिस्पर्धा गरेकी सोनियाले दुवै खेल हारिन्। राउण्ड अफ १६ मा क्रोएसियाका अना भिक्टोरियासँग पराजित भएकी सोनिया रिपेचेमा बुल्गेरियाका जर्जिएभा अलेस्कासँग पराजित भइन्।
यस्तै पुरुष ब्याड्मिन्टन सिंगल्समा प्रतिस्पर्धा गरेका रुकेशले समूह ए को पहिलो खेलमा सिंगापुरका जिया बि जोइल कोहसँग २-० ले पराजित भए। रुकेश २१-७, २१-९ ले सहजै पराजित भएका हुन्। उनले अब थाइल्याण्ड र कम्बोडियाका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन्।
यस्तै नेपालबाट सहभागीता जनाएका अर्का खेलाडी लुजा अमात्यले एथ्लेटिक्समा प्रतिस्पर्धा गर्नेछिन्।