PahiloPost

Dec 14, 2018 | २८ मंसिर २०७५

हुने भयो 'मिस एण्ड मिस्टर टुरिजम एण्ड कल्चर युनिभर्स नेपाल'

हुने भयो 'मिस एण्ड मिस्टर टुरिजम एण्ड कल्चर युनिभर्स नेपाल'

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौंः  सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिस्टर टुरिजम एण्ड कल्चर युनिभर्स नेपाल’ हुने भएको छ। नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै प्लानेट मल्टिमिडिया ईन्टरनेशनलले प्रतियोगिता आयोजना गर्ने भएको हो।

यो प्रतियोगिता विश्वव्यापी रुपमा सञ्चालन हुँदै आएको म्यान्मारको सौन्दर्य प्रतियोगिता हो। प्रतियोगितामा ४० भन्दा बढी देशका प्रतियोगिहरु सहभागी हुनेछन्। यो प्रतियोगिता ९ ठूला शहरमा आयोजना हुने आयोजक मोनित मर्हजनले बताए।

१८ वर्षदेखि २८ वर्ष उमेर समुहका महिला तथा १८ देखि ३५ वर्ष उमेर समुहका पुरुषले यो प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्। प्रतियोगिताको ग्राण्ड फिनालेका विजेताले म्यानमारमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउनेछन्।  

नेपालमा भने सातै प्रदेशमा आयोजना भएपछि काठमाडौंमा प्रतियोगिताको ग्राण्ड फिनाले हुनेछ। प्रतियोगिताको पहिलो चरणको अडिसन हालै सम्पन्न भएको छ। पहिलो चरणको अडिसनमा अभिनेत्री सुरक्षा पन्त, कोरियोग्राफर आश्विनी झा, कोरियोग्राफर सृष्टी घिमिरे तथा व्यवसायी रजत काब्रा निर्णायक रहेका थिए।

प्रत्येक क्षेत्रमा हुने स्थानीयस्तरको प्रतियोगिताबाट तीन–तीन जना महिला तथा पुरुष विजेताहरु काठमाडौंमा हुने प्रतियोगिताको ग्राण्ड फिनालेका लागि छनोट हुनेछन्। प्रतिगोयिताको अडिसन पश्चिममा असोज २६ र २७ मा हुनेछ। आयोजकले सुदुर पश्चिममा असोज २६ र २७ गते धनगढीमा अडिसन हुने जनाएको छ।

अडिसनबाट छनोट भएका प्रतिस्पर्धिहरु दसैंपछि आयोजना हुने सुदुर पश्मिाञ्चलस्तरीय प्रतियोगितामा सहभागि हुनेछन्। उक्त प्रतियोगिताका तीन–तीन जना (महिला तथा पुरुष) विजेता काठमाडौंमा सम्पन्न हुने ग्राण्ड फिनालेका लागि छनोट हुनेछन्।



ट्रेन्डिङ पोस्ट