PahiloPost

Oct 22, 2018 | ५ कात्तिक २०७५


सरकारलाई दिएको समर्थन फिर्ता लिने राजपाको पाँचौपटक धम्की


सरकारलाई दिएको समर्थन फिर्ता लिने राजपाको पाँचौपटक धम्की

काठमाडौं: सरकारलाई दिइएको समर्थन फिर्ता लिने धम्कीसहित राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले विभिन्न जिल्लाबाट सरकारलाई ज्ञापन पत्र बुझाएको छ।

राजपाका जिल्ला कमिटीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत दिउँसो ११ बजे प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको राजपाका महासचिव केशव झाले जानकारी दिए।

तर केन्द्रमा भने प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजेसम्मलाई समय उपलब्ध गराएको छैन। प्रधानमन्त्रीसँग भेट्न शनिबारबाट समय माग गरिए पनि आजसम्म समय पाएका छैनन्।

‘जिल्ला–जिल्लाबाट साथीहरुले ज्ञापन पत्र बुझाउनु भएको छ। तर केन्द्रमा अहिलेसम्म प्रधामनमन्त्रीबाट समय उपलब्ध गराइएको छैन। प्रधानमन्त्रीले समय उपलब्ध गराएपछि आज नै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम छ,’ झाले भने। 

प्रधानमन्त्रीलाई बुझाउन लागिएको ज्ञापन पत्रमा सरकारबाट समर्थन फिर्ता लिने धम्की दिइएको छ। यसअघि पनि राजपाले चार पटक सरकारलाई ज्ञापन पत्र बुझाइसकेको छ। तर अहिलेसम्म सरकारको तर्फबाट राजपाको माग सम्बोधनमा पहल भएको छैन।

सरकारलाई समर्थन गर्दा भएको तीन बुँदे र सात बुँदे सहमति कार्यन्वयन नभएको भन्दै राजपाले असन्तुष्टि व्यक्त गर्दै आएको छ।

‘संविधान संशोधन र सांसद रेशम चौधरीको विषयमा कुनै प्रगति भएको छैन।’ राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने,‘हाम्रो माग सम्बोधन नभए सरकारलाई समर्थन गरिरहनु आवश्यक छैन। यस पटक हामीले अन्तिम चेतावनी दिदैछौं।’

आफूहरुको माग सम्बोधनको ठोस निर्णय नभए अव सरकारलाई दिइएको समर्थन फिर्ता हुने महतोले बताए।



सरकारलाई दिएको समर्थन फिर्ता लिने राजपाको पाँचौपटक धम्की को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट