PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रमलाई ट्विटरमा व्यङ्ग्य : स्याट्ट गर्दा कहिले बलात्कारी, कहिले हत्यारा लुकाउने जादू हैन त के हो ?



पहिलोपोस्ट

प्रमलाई ट्विटरमा व्यङ्ग्य : स्याट्ट गर्दा कहिले बलात्कारी, कहिले हत्यारा लुकाउने जादू हैन त के हो ?

काठमाडौँ :  प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो विकास जादूगरी शैलीबाट नभई योजनाबद्ध तरिकाले मात्र हुने बताए। प्रमले आफ्नो चिरपरिचित ठट्यौलो शैलीमा भनेका थिए,  'समाजमा जादू देखाउन खोजेको होइन। विकास गर्न खोजेको हो। हामी जादुगर होइन जादूगरले जस्तो अलमल्याउन। स्याट्ट गर्दा कहिले अन्डा, कहिले रुमाल आउने।'


प्रधानमन्त्रीको भनाईपछि उनी यथार्थवादी बन्न थालेकोदेखि लिएर ट्रिक पर्दाफास भएको जादूगरसम्मको संज्ञा ट्विटरमा दिइयो। 

पूर्व अर्थ सचिव रामेश्वर खनालले यही कुरा चुनावमा किन नआएको भन्दै प्रश्न राखे।

टक शो होस्ट सुमन खरेलले सपना हुरीले उडाएको प्रतिक्रिया दिए।  जादू गरेर बिलाउन पनि आग्रह भयो- केसी चोभारेले प्रधानमन्त्री बल्ल यथार्थवादी बन्न लागेको बताए।  
कुमार शर्माले प्रधानमन्त्रीलाई ट्रिक पर्दाफास भएको जादूगरको संज्ञा दिए विश्व भण्डारीले प्रम ओलीको पहिले र अहिलेको बोलीको तुलना गरे-
केहीले भने प्रधानमन्त्रीलाई जादूगर हैन जोकरको आरोप लगाए सुमन गौडेलले प्रधानमन्त्रीबाट जादू हैन इच्छाशक्ति देखाए काम हुने सुझाव दिए ह्यारी पोटरसँग जोडेर समेत व्यङ्ग्य गर्न भ्याए ट्विटरमा सौगात गौतमले देश विकास नभएको रहस्य ट्विटमा यसरी खोले मुकेश पौडलले जादूगरले गर्ने कामभन्दा फरक नभएको व्यङ्ग्य गरे दुई तिहाई बहुमतसँग जोडेर पनि प्रधानमन्त्रीको आलोचना गरियो जादू नै हो भनेर व्यङ्ग्य गर्नेहरु पनि देखिए पुस्तक विमोचन गर्दै हिँड्ने हो भने जादूगर नै भए पनि केही नहुनेसम्म लेख्न भ्याए ट्विटरमा चुनाव अगाडिको कुरासँग अहिलेको तुलना पनि भयो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell