PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पीपीएललाई आइसीसीको मान्यता



पहिलोपोस्ट

पीपीएललाई आइसीसीको मान्यता

काठमाडौँ : आगामी कात्तिकमा पोखरामा आयोजना हुने पोखरा प्रिमियर लिग पीपीएल टी-२० क्रिकेट लाई आइसीसीले मान्यता दिएको छ।

आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टमा प्रवन्ध निर्देशक छुम्मी लामाले आवश्यक डकुमेन्ट बुझाएपछि आइसीसीले पीपीएललाई मान्यता दिएको बताए। साथै उनले तयारी पनि अन्तिम चरणमा पुगेको बताए।

आइसीसीको मान्यता पाएपछि अब पीपीएलको आयोजकले आइसीसीलाई २० हजार अमेरिकी डलर बुझाउनुपर्नेछ।

आइसीसीको मान्यतासँगै पीपीपएलमा खेल्न विदेशी खेलाडीलाई समेत सजिलो हुने र सम्बन्धित देशबाट 'एनओसी' लिन खेलाडीहरुलाई सहज हुने लामाले बताए।

कात्तिक ९ देखि २० गतेसम्म पोखरा क्रिकेट मैदानमा हुने पीपीएलमा नेपालको ६ सहरको नामबाट ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन्।

त्यसका लागि मार्की खेलाडीको नाम घोषणा भइसकेको छ भने प्लेअर अक्सन समेत सम्पन्न भइसकेको छ। अब सहभागी टिमले दुई स्थानिय खेलाडी र दुई विदेशी खेलाडीको कोटा पुरा गर्न बाँकी छ।

पर्यटकिय नगरी पोखरामा हुने पहिलो संस्करणको पीपीएलको लागि मैदानको तयारी समेत अन्तिम चरणमा पुगेको छ। प्रवन्ध निर्देशक लामाका अनुसार भारतको मुम्मबईबाट क्युटेर झिकाएर पिच र मैदान निर्माण गरिएको छ।

पर्यटकिय स्थलको रुपमा परिचित पोखरामा हुने पीपीएलमा खेलाडीले मनोरम हिमालको अगाडी खेल्न पाउँनेछन्। यसले विदेशी खेलाडीलाई झनै लोभ्याउने लामाको भनाई छ।


आइसीसीले पीपीएललाई मान्यता दिएपछि पोखरामा हुने पीपीएलले नेपालको क्रिकेट विकासमा सहयोग पुर्‍याउने र नयाँ खेलाडीको प्रतिभा पहिचानमा समेत मद्दत पुग्ने लामाको विश्वास छ। पीपीएल आयोजना गरेपछि पोखरालाई न्युट्रल भेन्युको रुपमा समेत विकास गर्न सकिने लामाले बताए।

पीपीएलमा विराटनगर टाइटन्स, चितवन टाइगर्स, काठमाडौँ रोएल्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स र धनगढी ब्लुजले प्रतिस्पर्धा गर्नेछन्।

विजेताले अहिलेसम्मकै सर्वाधिक नगद पुरस्कार राशी पाउने जानकारी गराएपनि आयोजकले कती रकम दिने अझै सार्वजनिक गरेको छैन। क्वीन्स इभेन्टका प्रवन्ध निर्देशक लामाले केही दिनपछि नै पुरस्कार रकमको घोषणा गर्ने पहिलोपोस्टलाई जानकारी दिए।

(फोटो : छुम्बी लामा)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell