PahiloPost

Dec 14, 2018 | २८ मंसिर २०७५

 दुई सौन्दर्य प्रतियोगिताको एउटै ट्यालेन्ट राउण्ड

दुई सौन्दर्य प्रतियोगिताको एउटै ट्यालेन्ट राउण्ड

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौंः ग्ल्याम वोर्ल्ड इन्टरटेनमेन्टले आयोजना गरेका दुई सौन्दर्य प्रतियोगिता ‘मिसेस युनिभर्सल नेपाल २०१८’ र  ‘मिस्टर एण्ड मिस टिन इन्टरनेशनल २०१८’मा ट्यालेन्ट राउण्ड सम्पन्न भएका छन्।

ट्यालेन्ट राउण्डमा दुवै प्रतियोगिताका प्रतियोगीले गीत, नृत्य, स्पिच, ड्रामा, आर्ट प्रस्तुत गरेका छन्। प्रतियोगीका निर्णायकमा फिल्म निर्देशक शुसिल पाण्डे, संगीतकार सरोज प्याकुरेल, इभेन्ट निर्देशक बालकृष्ण पोखरेल, नृत्य निर्देशक सबित्रा खत्री रहेका थिए।

रीना थापा, हिमानी गह थापा, पुन थापा, सुनैमी थापा राई, दीपिका सुवाल, सुहिना अधिकारी, उषा पौडेल अधिकारी, निसा खत्री कार्कीलगायत अन्य प्रतियोगी मिसेस युनिभर्सल नेपालमा रहेका छन्।

आश्विनी कान्त झा प्रतियोगिताका कोरियोग्राफर थिए। प्रतियोगिताको ‘मिस्टर एण्ड मिस टिन इन्टरनेशनल’ तर्फ युवातर्फ कुमार राना, सन्तोष कुमार गुप्ता, किरण सापकोटा, खेमलाल दुलाल र युवतीतर्फ इन्दिरा पन्त, वर्षा सुनुवार लगायतक अन्य प्रतियोगि रहेका छन्।

प्रतियोगिताको ग्राण्ड फिनाले असोज २६ गते राष्ट्रिय नाचघर जमलमा हुने आयोजक आशिष मिश्रले बताए। 



ट्रेन्डिङ पोस्ट