PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सुदूरपश्चिम प्रदेश सरकारद्वारा दुई महिनामा १२ प्रतिशत राजस्व संकलन



एम बम

सुदूरपश्चिम प्रदेश सरकारद्वारा दुई महिनामा १२ प्रतिशत राजस्व संकलन

कैलालीः सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको दुई महिनामा ९ करोड ७७ लाख ६५ हजार १ सय रुपैयाँ राजश्व संकलन गरेको छ। सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले चालु आर्थिक वर्षको बजेट २५ अर्व ६ करोड ५६ लाख १४ हजार मध्य दुई महिनामा ७ दशमलव ५४ प्रतिशत राजस्व संकलन गरेको जनाएको हो।

आइवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश अर्थमन्त्री झपट बोेहराले दुई महिनामा प्रदेश सरकारले उठाउनु पर्ने १ अर्ब २९ करोड ६५ लाख ८२ हजार रुपैया मध्य करिब १२ प्रतिशत राजस्व संकलन भएको बताए।

अर्थमन्त्री बोहराका अनुसार घरजग्गा दर्ता कर वापत् ५ करोड ४ लाख, सवारी साधन कर वाफत् ४ करोड २५ लाख र दण्ड जरिवाना तथा जफत कर वापत् ४७ लाख ७६ हजार रुपैयाँ संकलन गरिएको छ। यो कुल संकलित कर मध्ये प्रदेश सरकारको भागमा परेको ६० प्रतिशतको तथ्यांकमा रहेको अर्थमन्त्री बोहराले बताए।

अहिले घरजग्गा रजिष्ट्रेसन, सवारी साधन , मनोरञ्जन , न्यायीक डण्ड जरिवाना कर लगायतको शीर्षकमा प्रदेश सरकारले कर उठाइरहेको छ।
कर संकलनमा कैलालीको एउटै जिल्ला सुदूरपश्चि प्रदेशका अन्य आठ जिल्लाको हाराहारीमा रहेको मन्त्री बोहराले बताए।

संकलित कर मध्य सबै भन्दा बढि सवारी साधन कर संकलन भएको छ। दुई महिनामा ४ करोड २५ लाख  ६३ हजार, न्यायीक डण्ड जरिवाना तथा जफतमा ४७ लाख ७६ हजार रुपैयाँ संकलन भएको छ। मन्त्री बोेहराले करमा सहभागिता बढेका कारण लक्ष्यभन्दा बढी राजस्व संकलन हुने दाबी पनि गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell