PahiloPost

Oct 22, 2018 | ५ कात्तिक २०७५


पूर्व अाइजिपी खरेललार्इ वामदेवकाे प्रश्नः मैले कुन पत्रकार पठाएर २० लाख मागें?


रासस

पूर्व अाइजिपी खरेललार्इ वामदेवकाे प्रश्नः मैले कुन पत्रकार पठाएर २० लाख मागें?

काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का सचिवालय सदस्य वामदेव गौतमले नेपाल प्रहरीका पूर्व महानिरीक्षक अच्युतकृष्ण खरेलद्वारा प्रकाशित ‘आत्मकथा’मा आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएका छन्। 

सोमबार आफ्नै निवास भैँसेपाटीमा पत्रकारसँग कुराकानीमा पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका उनले खरेलले प्रकाशित गरेको ‘अच्युतकृष्ण खरेल आत्मकथा’मा आफूलाई इंगित गरी एक पत्रकारमार्फत रु २० लाखको प्रस्ताव पठाउँदा अस्वीकार गरेको झुटा कुरा लेखेर चरित्र हत्या गर्न खोजेको बताए। 

'खरेलको आत्मकथामा मैले कुन पत्रकार पठाएर रु २० लाख प्रस्ताव गरे । २० लाखको प्रस्ताव लिएर आउने त्यो पत्रकार को थियो? त्यो खरेलले पुष्टि गर्नुपर्दछ', उनले भने, 'आफ्नो आत्मकथामा मेराबारे तथानाम जे पायो त्यही झुटा असत्य कुरा लेखेर चरित्र हत्या गर्न खोज्ने ?'

गौतमले खरेलले आइजिपीबाट हटाएको बदला आफ्नो आत्मकथामार्फत सार्वजनिक गरेको दाबी गरे। खरेलले लेखेका कुरामा कुनै सत्यता नभएको उल्लेख गर्दै नेता गौतमले स्थानीय निर्वाचन गर्न नसक्ने भएपछि पार्टीको निर्देशनमा खरेललाई प्रहरी प्रमुखबाट हटाएको स्पष्ट पारे। 

'खरेललाई हटाउने चाहना थिएन मलाई। म गृहमन्त्री भइपछि तत्कालीन पार्टी अध्यक्ष मनमोहन अधिकारी र महासचिव माधव नेपालले पहिलो काम स्थानीय निर्वाचन गर्नुपर्दछ भन्नुभएको थियो,' उद्दले भने, 'तर, खरेलबाट स्थानीय निर्वाचन हुने सम्भव देखिएन। अनि बाध्य भएर पार्टीकै निर्देशनमा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सहमतिमा खरेललाई हटाएको हुँ।' खरेललाई नहटाएको भए स्थानीय तहको निर्वाचन हुनै नसक्ने उनको दाबी थियो। 



पूर्व अाइजिपी खरेललार्इ वामदेवकाे प्रश्नः मैले कुन पत्रकार पठाएर २० लाख मागें? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट