PahiloPost

Dec 14, 2018 | २८ मंसिर २०७५


गुन्डा नाइके समीरमानलाई जेलमै राख्न सर्वोच्चको आदेश


गुन्डा नाइके समीरमानलाई जेलमै राख्न सर्वोच्चको आदेश

काठमाडौं: अदालतले गुन्डा नाइके समीरमान बस्नेतलाई जेल मुक्त नगर्न आदेश दिएको छ।

बस्नेतको रिहाइका लागि अदालतमा परेको बन्दी प्रत्यक्षीकरण रिट सोमबार सर्वोच्च अदालतका न्यायधीश शारदाप्रसाद घिमिरे र ईश्वर खतिवडाको संयुक्त इजलासले खारेज गर्न निर्देशन दिएको हो। 

निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा पुर्पक्षका लागि थुनामा रहेका प्रमुख योजनाकार भनिएका बस्नेतलाई गत असोज १५ गते  मुस्ताङ कारागार सरुवा गरिएको थियो। 

उनी गत मंसिरदेखि नख्खु कारागारमा थिए। बस्नेतकी श्रीमती माया शेरचन र दाइहरू सुधिरमानसिंह र सुविरमानसिंह बस्नेतले सरकारले जालझेल र षड्यन्त्र गरेर समीरलाई काठमाडौँबाट रातारात मुस्ताङ पुर्‍याएको भन्दै आपत्ति जनाएका थिए। श्रीमती बस्नेतले आफ्नो श्रीमानलाई प्रहरीले इनकाउन्टर गर्ने षड्यन्त्रका साथ जेल सारेको आरोप लगाएकी थिइन्।



गुन्डा नाइके समीरमानलाई जेलमै राख्न सर्वोच्चको आदेश को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट