PahiloPost

Oct 22, 2018 | ५ कात्तिक २०७५


'ड्रिम गर्ल'को टिकटक 'म्युजिकल्ली च्यालेन्ज'


पहिलोपोस्ट

'ड्रिम गर्ल'को टिकटक 'म्युजिकल्ली च्यालेन्ज'

काठमाडौंः ‘ड्रिम गर्ल’ टिमले फिल्मको प्रचार थालेको छ। प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण टिमले 'टिकटक म्युजिकल्ली च्यालेन्ज' आयोजना गरेको छ। प्रतिस्पर्धाका विजेतालाई टिमले उपहार पनि  प्रदान गरेका छन्।

फिल्म मंसिर ७ गतेदेखि प्रदर्शनमा आउनेछ। प्रतिस्पर्धाको दोश्रो चरणका विजेतामा शिशिर अर्याल,बन्दना थापा, नीना पाख्रिन, दर्शन काजी थापा, मनिषा राना,बिशालबाबु आचार्य लगायत रहेका छन्। फिल्मका मुख्य अभिनेता  आकाश श्रेष्ठ र डेब्यू अभिनेत्री आश्मा गिरी, निर्देशक ऋषिराज आचार्य, कलाकार शिशिर भण्डारीलगायतले उपहार प्रदान गरेका थिए।

टिकटक च्यालेन्जका लागि फिल्मका ‘तिम्रो मायामा हराउन थालेको’ र ‘फूल टिपेर चढाए’ बोलका दुई गीतका ट्रयाक नेपाल म्युजिकल्ली अफिसियल र आवाज नेपालमा अपलोड गरिएका थिए। प्रतिस्पर्धाले ट्रयाकमा म्युजिकल्ली भिडियो बनाएका थिए। विजेतालाई साप्ताहिक रुपमा पुरस्कार प्रदान गरिने अभिनेत्री आश्माले जनाइन्।

आकाशले प्रतियोगिताका फाइनल विजेतालाई फ्रि टिकट, ‘ड्रिम गर्ल’ टिमसँग डिनर डेटका साथै विभिन्न उपहार प्रदान गरिने बताए। ऋषिराजको कथामा बनेको यस फिल्ममा भने  आकाश र आश्माका साथमा विल्सन विक्रम राई, शिशिर भण्डारी,पूजा पराजुली,लक्ष्मी गिरी, अर्जुन श्रेष्ठलगायतको अभिनय छ।



'ड्रिम गर्ल'को टिकटक 'म्युजिकल्ली च्यालेन्ज' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट