
काठमाडौंः नेप-ग्याजमले राष्ट्रिय नाचघरमा स्टयाण्ड-अप कमेडी सो आयोजना गरेको छ। यसअघि सर्वनाम थिएटरमा सो आयोजना भएको थियो।
स्टयाण्ड-अप कमेडीको सिजन ४ लाई पनि दर्शकले रुचाएका छन्। नाचघरमा सो हेर्न नेपाल आइडलकी होस्ट/कलाकार रिमा विश्वकर्मा र अभिनेत्री बेनिशा हमाल उपस्थित थिए।
यो सो उपत्यका बाहिर चितवन भाटभटेनी कमप्लेक्स, भरतपूर हाइट स्थित फूड कोर्टमा पनि सम्पन्न भयो। पाँच जना हाँस्यकलाकार डोरेश खतिवडा, उमेश कुमार गौतम , सरोज भण्डारी, कलाकार रोशन सुवेदी र लेखमणी त्रितालले कमेडी सोमा आफ्ना प्रस्तुति दिएका छन्।