PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

टी-२० वर्ल्डकप क्वालिफायर : नेपाल र सिंगापुर लगातार ४ खेल जित्दै दोस्रो चरणमा छनोट



पहिलोपोस्ट

टी-२० वर्ल्डकप क्वालिफायर : नेपाल र सिंगापुर लगातार ४ खेल जित्दै दोस्रो चरणमा छनोट
फोटो : रमन शिवाकोटी

काठमाडौँ : सन् २०२० मा अष्ट्रेलियामा हुने आइसीसी टी-२० का लागि पहिलो चरणको छनोटको रुपमा रहेको एसियन रिजनल क्वालिफायर कफ समूह 'बी' मा लगातार ४ खेल जित्दै नेपाल र सिंगापुर एसिया रिजनकै अर्को चरणको क्वालिफायरका लागि छनोट भएका छन्।

मलेसियामा भइरहेको समूह 'बी' को छनोटमा नेपाल र सिंगापुरले लगातार ४-४ खेल जितेका हुन्। एसियाको पूर्वी क्षेत्रका ७ राष्ट्रले सहभागिता जनाएको यस समूहका प्रतियोगितामा दुवै टोली अपराजित छन्। छनोटमा दुई खेल खेल्नुअघि नै यी दुई टोलीले दोस्रो चरणमा स्थान पक्का गरेका हुन्।

नेपाल र सिंगापुरले बाँकी खेल हारे पनि शीर्ष तीनमा रहने पक्का छ।

मंगलवार नेपालले भुटानलाई ११७ रनले पराजित गर्दै लगातार चौथो जित हात पारेको हो। यसअघि नेपालले म्यानमार मलेसियालाई समान ८ विकेटले हराएको थियो भने थाइल्याण्डलाई डिएल मेथडमा १४० रनले पराजित गरेको थियो।
फोटो : आइसीसी

यस्तै सिंगापुरले मंगलवार थाइल्याण्डलाई ८ विकेटले पराजित गरेको छ। सिंगापुरले यसअघि म्यानमार, चीन र मलेसियालाई पराजित गरिसकेको छ। नेपाल र सिंगापुरले दुई-दुई खेल खेल्न बाँकी छ। लिगको अन्तिम खेलमा भिड्नुअघि नेपालले चीन र सिंगापुरले भुटानसँग खेल्नेछ।

७ राष्ट्र सहभागी यस समूहबाट राउण्ड रिन लिगपछि शीर्ष तीन टिम दोस्रो चरणमा पुग्नेछन्।

समूह 'बी' बाट नेपाल र सिंगापुरसँगै अर्को राष्ट्र पनि दोस्रो चरणमा पुग्नेछ। आयोजक मलेसिया र थाइल्याण्ड त्यसको होडमा छन्। यद्यपि, ६ मध्ये ५ खेल खेलिसकेको थाइल्याण्डको ५ अंक मात्र छ। मलेसियाले बाँकी खेल जितेमा मलेसिया छनोट हुनेछ।

यसअघि नै एसियन रिजनको समूह 'ए' बाट युएई, कुवेत र र कतार दोस्रो चरणका लागि छनोट भइसकका छन्। अब दोस्रो चरण पुगेका ६ टोलीबीच एसियन क्वालिफायरमा प्रतिस्पर्धा हुनेछ। त्यसबाट शीर्ष दुई टिम ग्लोबल क्वालिफायरमा प्रवेश गर्नेछन्। जहाँ विश्वका १४ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

ग्लोबल क्वालिफायरमा सन् २०१६ को टी २० वर्ल्डकप खेलेका तर आइसीसीको शीर्ष १० वरियतामा नपरेका ६ टिमसहित रिजनल फाइनल क्वालिफायरबाट छानिएका ६ गरी कूल १४ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

रिजनल फाइनलपछि एसिया, अफ्रिका र अमेरिकाबाट २-२ तथा युरोप र इस्ट एसिया प्यासिफिकबाट १-१ टिम ग्लोबल क्वालिफायरमा छनोट हुनेछन्। 

अंकतालिका:



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell