PahiloPost

Oct 18, 2018 | १ कात्तिक २०७५


सिक्री लुटेर भाग्दै गर्दा न्युरोडबाट लुटेरा पक्राउ, चाडपर्व नजिकिएसँगै चोर सक्रिय


सिक्री लुटेर भाग्दै गर्दा न्युरोडबाट लुटेरा पक्राउ, चाडपर्व नजिकिएसँगै चोर सक्रिय

काठमाडौं: प्रहरीले एक जना लुटेरालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले सोमवार सिक्री लुटेको अभियोगमा सोलुखुम्बु चौरीखर्कका २० वर्षी सनम शेर्पालाई नियन्त्रणमा लिएको हो। 

सोमवार न्युरोडबाट ओम बहाल जाँदै गरेका भक्तपुर ठिमी नगरपालिका ४ बस्ने २३ वर्षीय सञ्जय मानन्धरको घाँटीको सिक्री लुटेर भागेका थिए।

झन्डै डेढ तोलाको सिक्री लुटेपछि तत्काल प्रहरीलाई खबर गरेको र लुटेरा समात्न प्रहरी सफल भएको थियो। शेर्पालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। चाडपर्व नजिकिएसँगै राजधानीमा चोरीको सङख्या बढ्दै छ। 

काठमाडौँ महानगरपालिका १४ सुनार गाउँ बस्ने कमला सुवेदीको घरमा चोरी भएको छ। सोमवार नगद २० हजार रुपैयाँ र विभिन्न किसिमका सुनका गहनासहित करिब ३५ लाख ६७ हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।

राजधानीमा चाड नजिकिएसँग हुने चोरी नियन्त्रण गर्न सिभिलमा प्रहरी परिचालन गरेको महानगरीय प्रहरी परिसरका एसएसपी वसन्त लामाले बताए। त्यस्तै प्रहरीले चोरी गर्ने समूहको निगरानी समेत बढाएको छ। काठमाडौंका न्युरोड, असन, नयाँ बसपार्क, नयाँ बानेश्वर, गौशालालगायतका क्षेत्रमा सबैभन्दा बढी चोरी हुने गरेको प्रहरीले जनाएको छ।



सिक्री लुटेर भाग्दै गर्दा न्युरोडबाट लुटेरा पक्राउ, चाडपर्व नजिकिएसँगै चोर सक्रिय को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट