PahiloPost

Dec 19, 2018 | ४ पुष २०७५


२३ लाख तिरेर किनेको एक किलो सुन नक्कली परेपछि...


२३ लाख तिरेर किनेको एक किलो सुन नक्कली परेपछि...
फाइल फोटो

काठमाडौं: नक्कली सुन देखाएर ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

महानगरीय प्रहरी वृत बानेश्वरको टोलीले सिन्धुपाल्चोक मेलम्ची ६ का विशाल तामाङ र सुभाष तामाङलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होमेन्द्र बोगटीले जानकारी दिए।

तामाङद्वयले एक व्यक्तिलाई गत शुक्रवार आफुसँग एक किलो सुन रहेको भन्दै विक्री गर्न बोलाएका थिए। सामान्य चिनचान भएका उनीहरुलै जडिबुटीमा २३ लाख ५० हजार रुपैयाँमा सुन विक्री गरेको अनुसन्धानमा खुलेको डिएसपी बोगटीले जानकारी दिए। 

करिव ४५ लाख रुपैयाँ पर्ने एक किलो सुन सस्तोमा पाएका ती व्यक्तिले सुन बेच्न खोज्दा नक्कली भएको खुलेको थियो। आफु ठगिएको भन्दै उनले सोमवार प्रहरीमा उजुरी दिएपछि ठगी गर्ने तामाङ पक्राउ परेका छन्। प्रहरीले उनीहरुको साथबाट ५० हजाररुपैयाँ मात्र बरामद गरेको डिएसपी बोगटीले बताए। 

गत वैशाख २८ गते महाशाखाबाट खटिएको टोलीले रामेछापका २५ वर्षीय दीपेन्द्र बराइली र सिन्धुपाल्चोकका २७ वर्षीय रमेश बैजुलाई पक्राउ गर्‍यो। उनीहरू पक्राउ पर्नुको एउटै कारण थियो- नक्कली सुन ठगी।

उनीहरूले सात किलो सुन ८० लाख रुपैयाँ दिने भन्दै एक व्यक्तिलाई ठगी गर्ने योजना बनाएका थिए। जबकि सक्कली सात किलो सुनको बजार मूल्य ३ करोड भन्दा बढी हुन आउँछ।



२३ लाख तिरेर किनेको एक किलो सुन नक्कली परेपछि... को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट