PahiloPost

Feb 22, 2019 | १० फागुन २०७५

चलचित्र कलाकार संघका अध्यक्ष बोगटीको निधन


पहिलोपोस्ट

चलचित्र कलाकार संघका अध्यक्ष बोगटीको निधन

काठमाडौंः  चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन भएको छ। टीकाथलीस्थित निवासमा रुख काट्ने क्रममा बिजुलीको खम्बा ढलेर घाइते भएका उनको उपचारका लागि  बि एण्ड बि अस्पताल लाने क्रममा मृत्यु भएको हो।

कलाकार संघका पूर्व अध्यक्ष नवल खड्काले उनको शव पोस्टमार्टमका लागि पाटन लगेको बताए। उनले भने ‘घरकै रुख काट्दा हाँगाले बिजुलीको पोलमा लागेको र त्यही पोल ढल्दा उहाँको मृत्यु भएको हो। हामी  बि एण्ड बि पुग्दा पोस्टमार्टका लागि पाटन लगिसकेको रहेछ।’

बोगटीको जेठी श्रीमतीबाट दुई छोरा, एक छोरी र कान्छी श्रीमतीबाट एक छोरी छन्। 



चलचित्र कलाकार संघका अध्यक्ष बोगटीको निधन को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट