PahiloPost

Oct 22, 2018 | ५ कात्तिक २०७५


अर्थ समितिकाे सरकारलार्इ निर्देशनः दशैँमा उपभोक्तालाई सुपथ मूल्यका वस्तु उपलब्ध गराऊ


पहिलोपोस्ट

अर्थ समितिकाे सरकारलार्इ निर्देशनः  दशैँमा उपभोक्तालाई सुपथ मूल्यका वस्तु उपलब्ध गराऊ

काठमाडाैँः संघीय संसदकाे प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिले दशैँमा सुपथ मूल्यका वस्तु आम उपभोक्तालाई सहज रूपमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ।

समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले दशैँ, तिहारजस्ता चाडपर्वको मुखैमा सुपथ मूल्यका वस्तु सहज रूपमा आम उपभोक्तालाई उपलब्ध गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो।

सुपथ मूल्य पसलको दायरा बढाएर उपभोक्तालाई सहज रूपमा वस्तु र सेवा उपलब्ध गराउन सरकारलाई निर्देशन दिइएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए।

समितिले दशैँ, तिहारजस्ता चाडपर्वका बेला उपभोक्तालाई मारमा पार्ने गरी मूल्यवृद्धि हुने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न आवश्यक कानुनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ।

बैठकमा समितिका सदस्यहरूले सरकारलाई गलत बाटोमा जान नदिन चनाखो हुनुपर्ने आवश्यक्ता पनि औंल्याएका थिए। समितिका सदस्य घनश्याम भुसालले सरकारले गर्न नहुने काम गर्छ कि भन्ने विषयमा समिति चनाखो बन्नुपर्ने आवश्यक्ता औंल्याए।

समितिका अर्का सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारको सम्पूर्ण खर्चको छुट्टै लेखा राख्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए। उनले सरकारी सम्पत्तिको अभिलेख राख्ने व्यवस्था गर्न पनि सरकारलाई समितिले सचेत गराउनुपर्ने प्रस्ताव पनि समितिको बैठकमा राखे।

समितिले सरकारको सम्पत्तिको समेत अभिलेख राख्नेलगायतका विषयमा बैठकमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोगलगायतका सरकारी निकायका प्रतिनिधिसँग पनि छलफल गरेको थियो।



अर्थ समितिकाे सरकारलार्इ निर्देशनः दशैँमा उपभोक्तालाई सुपथ मूल्यका वस्तु उपलब्ध गराऊ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट