PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

साफ यू-१५ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा



पहिलोपोस्ट

साफ यू-१५ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

काठमाडौँ : नेपालमै आयोजना हुने साफ यू-१५ च्याम्पियनसिपका लागि नेपालको अन्तिम टोलीको घोषणा भएको छ। एन्फाले मंगलवार २३ सदस्यीय नेपाली टोली घोषणा गरेको हो।

मुख्य प्रशिक्षक सनोज श्रेष्ठ, सहायक प्रशिक्षक राकेश श्रेष्ठ, गोलकिपर प्रशिक्षक मनिस तिम्सिनाको टोलीले पहिलो चरणमा ४५ खेलाडी छनोट गरेको थियो। त्यसपछि २३ सदस्यीय अन्तिम टोली चयन गरिएको हो।

टोलीमा तीन गोलकिपर, आठ डिफेण्डर, आठ मिडफिल्डर र चार फरवार्ड छन्।

यही अक्टोबर २५ देखि नोभेम्वर ३ सम्म सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने च्याम्पियनसिपमा माल्दिभ्स र बंगलादेशसँगै नेपाल समूह ए मा छ। यसैगरी समूह बी मा भारत, पाकिस्तान र भुटान छन्। दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्।

नेपालले पहिलो खेल अक्टोबर २५ मा माल्दिभ्ससँग र बंगलादेशसँग दोस्रो खेल अक्टोबर २९ मा खेल्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell