
काठमाडौः ठगी अभियोगमा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले सोमवार ताहाचलबाट साइनिङ स्टार सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका सञ्चालक समितका सदस्य अजय महर्जनलाई पक्राउ गरेको हो।
सहकारीका सञ्चालन समिति सदस्यलाई ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतको २०७२ वैशाख १७ गते फैसलाले ४० लाख ७८ हजार ८,८१ रुपैयाँ जरिवाना भएको सजाय बेरुजु रही कैद फैसला गरेको थियो। महर्जनले आकर्षक व्याज र उपहारको गलत प्रलोभन देखाई निक्षेपकर्ताहरुबाट चार करोड सत्र लाख हिनामिना गरी आफ्नो नाममा घर जग्गा खरिद गरी, निक्षेपकर्ताको सावा व्याज समेत फिर्ता नगरी ठगी गरेका खुलेको थियो।
महर्जनलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको व्यूरोका डिएसपी निरञ्जनदत्त भट्टले जानकारी दिए।