PahiloPost

Oct 22, 2018 | ५ कात्तिक २०७५


आलोक नाथलाई बलात्कारको आरोप


पहिलोपोस्ट

आलोक नाथलाई बलात्कारको आरोप

बलिउड कलाकार आलोक नाथलाई बलात्कारको आरोप लागेको छ। टिभी सिरियल ‘तारा’को निर्देशक विनिता नन्दाले  १९ वर्षअघि बलात्कार गरेको आरोप लगाएकी छिन्। ‘मि टु क्याम्पियन’मा सहभागी हुँदै उनले लामो समयपछि यस विषयमा मुख खोलेकी हुन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा उक्त घट्नाबारे लेखेकी छिन् -‘मलाई एउटा पार्टीमा बोलाइएको थियो। उनकी श्रीमती र मेरो मिल्ने साथी शहरबाट बाहिर थिए। थियटरका साथी पनि पार्टीमा थिए। रातिको २ बजे, म घर फर्केंँ। म बाहिर निस्केंँ। मेरो छेउमा एकजनाले कार रोकियो, घर पुर्‍याइदिन्छु भनेर। त्यसपछि मलाई जबरजस्ती रक्सी खुवाइयो। त्यसपछि के भयो मलाई थाहा छैन। तर, बिहान उठ्दा मलाई दुखाई महसुस भयो। तब मलाई थाह भयो मेरो बलात्कार भयो भनेर। त्यतिखेर, १९९४ को चर्चित टेलिश्रृङ्खला ‘तारा’को काम गर्दै थिएँ। मलाई यो स्थितिबाट निस्कन २० वर्ष लाग्यो।’

आलोक त्यतिखेर चर्चित कलाकार थिए। विनिता उनको विरुद्ध जान सकिनन्। विनिताले सामाजिक सञ्जाल फेसबुको पोस्टमा बलात्कारीको नाम भने खुलाएकी छैनन्। तर, उनले ‘संस्कारी’ शब्द इंगित गरेकी छिन्। त्यतिखेर आलोक संस्कारीको भूमिकामा थिए।

बलिउडमा ‘मि टु क्याम्पियन’ले नयाँ रुप लिन थालेको छ। यसअघि नाना पाटेकर, उत्सव चक्रवर्ती, रजत कपुर,विकास भेलमाथि यौन शोषणको आरोप लागेको कुरा भारतीय मिडियाले उल्लेख गरेका छन्।



आलोक नाथलाई बलात्कारको आरोप को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट