PahiloPost

Oct 22, 2018 | ५ कात्तिक २०७५


एन्फा बैठक : पेश्की फर्छौट समिति गठन, अरु के-के भए निर्णय?


पहिलोपोस्ट

एन्फा बैठक : पेश्की फर्छौट समिति गठन, अरु के-के भए निर्णय?
file photo

काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा) को आपतकालिन बैठकबाट ३ निर्णय गरेको छ।

मंगलवार बसेको बैठले एन्फाबाट पेश्की लागिएको रकम फर्छौट गर्न पेश्की फर्छौट समिति गठन गरेको छ। यस्तै भुटानमा भएको साफ यू-१८ वुमन्स च्याम्पियनसिपको उपविजेता नेपाली टोलीका प्रत्येक खेलाडीलाई नगद ५० हजार प्रदान गर्ने निर्णय गरेको छ।

ए डिभिजनका दुई क्लब मनाङ मर्स्याङ्दी क्लब र एपीएफलाई सिक्किममा हुने गभर्नस गोल्डकपमा सहभागीता गराउने निर्णय गरेको छ।

आपतकालिन बैठकले हरि रायमाझीको संयोजकत्वमा ३ सदस्य पेस्की फर्छौट समिति गठन गरेको हो। जसको सदस्सय रविन्द्र जोशी सदस्य छन् भने संयोजकले एक जना चार्टर्ड एकाउन्टेन्ड (सीए) नियुक्त गर्नेछन्। समितिको समयावधि ३ महिनाको हुनेछ।

बैठकले पेश्की फर्छौट गर्न पेश्की रकम देखिएका विभिन्न व्यक्ति र संघ संस्थालाई ३५ दिनभित्र पेश्की फर्छोटका लागि पत्राचार गर्ने निर्णय समेत गरेको छ।

एन्फामा अहिलेसम्म ३ करोड भन्दा बढी पेश्की रकमको फर्छौट गर्न बाँकी रहेको एन्फाले जनाएको छ।

यसैगरी बैठकले कात्तिक ६ देखि १७ गतेसम्म भारतको सिक्किमा हुने गभर्नस गोल्डकपमा मनाङ र विभागीय टोली एपीएफलाई सहभागीता गराउने निर्णय गरेको छ।



एन्फा बैठक : पेश्की फर्छौट समिति गठन, अरु के-के भए निर्णय? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट