PahiloPost

Dec 14, 2018 | २८ मंसिर २०७५


रौतहट प्रिमियर लिग : पुलिसलाई हराउँदै ओएसिस एकेडेमी च्याम्पियन


पहिलोपोस्ट

रौतहट प्रिमियर लिग : पुलिसलाई हराउँदै ओएसिस एकेडेमी च्याम्पियन

काठमाडौँ : रौतहट प्रिमियर लिग टी-२० क्रिकेट को उपाधि ओएसिस क्रिकेट एकेडेमीले जितेको छ। मंगलवार भएको फाइनलमा विभागीय टोली नेपाल पुलिसलाई २ विकेटले हराउँदै ओएसिय पहिलो संस्करणको च्याम्पियन बनेको हो।

फाइनलसम्म पुग्ने क्रममा उत्कृष्ट प्रदर्शन गरेपनि फाइनलमा भने पुलिसले राम्रो ब्याटिङ गर्न नसक्दा पराजित हुनुपर्‍यो।

टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले १९ ओभरमा सबै विकेट गुमाएर ८८ रन बनायो। पुलिसका लागि योगेन्द्र सिंह कार्कीले सर्वाधिक १९ रन बनाउँदा सुनिल धमलाल र प्रेम तामाङले समान १५ रन जोडे। ओएसिसका लागि रसिद खान र हरी चौहानले ३-३ विकेट लिए भने मेहबुब आलमले २ विकेट लिए।

८९ रनको लक्ष्य पछ्याएको ओएसिसले लक्ष्य सहज भएपनि १९.३ ओभर खेलेर ८ विकेट गुमाउादै जित हासिल गर्‍यो। ओएसिसका लागि हरी शंकर शाहले २३, राजेश पुलामीले १७ तथा हासिम अन्सारीले १४ रन बनाए। पुलिसका लागि सुनिल धमलाले ३ तथा दीपेश श्रेष्ठले २ विकेट लिए।

च्याम्पियन ओएसिस एकेडेमीले नगद ३ लाख ५० हजार ट्रफी हात पार्‍यो। उपविजेता पुलिसले १ लाख ५० हजार प्राप्त गर्‍यो।

टिमलाई च्याम्पियन बनाउन नसकेपद्दि प्रतियोगिताभर अलराउण्ड प्रदर्शन गरेका पुलिसका सुनिल धमला प्लेअर अफ दि सिरिज घोषित भए। उनले ब्या६िङमा सर्वाधिक १४६ रन बनाएका थिए भने ७ विकेट समेत लिएका थिए।

यस्तै धनगढी क्रिकेट एकेडेमीका भुवन कार्की बेस्ट ब्याट्सम्यान र मलपोखरीका कमल ओली बेस्ट बलर घोषित भए। कार्कीले ११८ रन बनाएका थिए भने ओलीले सर्वाधिक १० विकेट लिएका थिए।



रौतहट प्रिमियर लिग : पुलिसलाई हराउँदै ओएसिस एकेडेमी च्याम्पियन को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट