PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

टी-२० वर्ल्डकप क्वालिफायरः नेपाल र चीनबीच खेल जारी, २४ रन जोड्दा चीनले गुमायो ७ विकेट



पहिलोपोस्ट

टी-२० वर्ल्डकप क्वालिफायरः नेपाल र चीनबीच खेल जारी, २४ रन जोड्दा चीनले गुमायो ७ विकेट

आइसीसी टी-२० वर्ल्डकप एसिया क्वालिफायरमा नेपालले अहिले चीनसँग खेलिरहेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको चीनले खराब सुरुवात गरेको छ। चीनले १० ओभरमा २४ रन बनाउँदै ७ विकेट गुमाएको छ।

चीनका चार ब्याट्सम्यान खाता नखोली आउट भएका छन्। ओपनर होङ जियाङ यान बाहेकका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेका छैनन्। इानले ११ रन बनाएर आउट भए। 

नेपालका लागि सन्दीप लामिछानेले ३, वसन्त रेग्मीले २ र ललित राजवंशीले १ विकेट लिएका छन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell