PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

मिरा राईलाई एसियन गेम चेन्जर अवार्ड



पहिलोपोस्ट

मिरा राईलाई एसियन गेम चेन्जर अवार्ड

काठमाडौँ : नेपाली 'ट्रेल रनर' मिराई राईले एसियन गेम चेन्जर अवार्ड प्राप्त गरेकी छिन्। अमेरिकाको न्यूयोर्कमा आयोजित कार्यक्रममा  एसिया सोसाइटीले राईलाई बुधवार सम्मान गरेको हो। कीर्तिमान तोडेको, प्रेरणादयी र लाखौँ महिलाहरुको लागि सहयोग गरेको भन्दै सोसाइटीले राईसहित ९ व्यक्तिलाई सम्मान गरेको हो।

उक्त अवार्डबाट सम्मानित भएपछि राईले यो आफ्नो जीवनकै बेस्ट डे भएको र नेपाललाई प्रतिनिधित्व गर्न पाउनु सम्मानको कुरा भएको जनाएकी छिन्।

विश्वका विभिन्न स्थानमा ट्रेल रनिङमा प्रतिस्पर्धा गरेकी राई सन् २०१६ मा नेसनल जोग्राफीले प्रदान गर्ने एड्भेन्चरर अफ दि इअर घोषित भएकी थिइन्।

ट्रेल रनिङ र स्काई रनिङमा मिरा विश्वमै चर्चित छिन्। उनले विभिन्न रनिङमा प्रथम स्थान समेत हासिल गरेकी छिन्। सुरुमा माओवादी लडाकु रहेकी मिरा सेना समायोजनमा अयोग्य भएपछि खेलकुदमा लागेर्की थिइन्।

यस्तै पेप्सिकोका सिएओ इन्द्रा नुईलाई एसिया सोसाइटीले गेम चेन्जर अफ दि इअरको अवार्ड प्रदान गरेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell