PahiloPost

Oct 22, 2018 | ५ कात्तिक २०७५


चिनी छानबिन समितिको निष्कर्षः उद्योग र अर्थमन्त्रीले ‘गोलमाल’ गरे


पहिलोपोस्ट

चिनी छानबिन समितिको निष्कर्षः उद्योग र अर्थमन्त्रीले ‘गोलमाल’ गरे

काठमाडौं : चिनीको मूल्य वृद्धि हुनुमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादव र अर्थमन्त्री डा.युवराज खतिवडाले चलखेल गरेको निष्कर्ष संसदीय समितिले निकालेको छ।

चिनीको चलखेलमाथि छानबिन गर्न प्रतिनिधि सभा अन्तरगतको सार्वजनिक लेखा समितिले पाँच सदस्यीय चिनी छानबिन उपसमिति गठन गरेको थियो। उपसमितिले छानबिन गरी प्रतिवेदन मूल समितिलाई बुझाउँदै छ। 

छानबिन समितिले तयार पारेको प्रतिवेदनको निष्कर्षमा दशैंतिहार र छठ आउनै लाग्दा चिनीको मूल्य वृद्धि हुनुमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थमन्त्रालयबाट चलखेल भएको जनाइएको छ।

छानबिन समितिका सदस्य प्रेम आले मगरले पहिलोपोस्टलाई दिएको जानकारी अनुसार चिनीको मूल्य वृद्धि हुनुमा पहिलो दोषीका रूपमा उद्योग मन्त्रालयलाई ठहराइएको छ भने चिनी आयात शुल्क बढाउनमा अर्थ मन्त्रालय पनि दोषी ठहर भएको छ। 

चिनीको आयात रोकिनु, आयात शुल्क बढ्नु र निर्धारित मूल्यभन्दा बढीमा चिनी बेचिनुमा यी मन्त्रालयहरूको बदमासी देखिएको सांसद मगरले बताए।

मुख्य दोषीका रूपमा चिनी उद्योगहरू रहेको बताउँदै सांसद मगरले भने,‘आफूले चिनी भण्डारण गरिसके पछि १५ प्रतिशतबाट आयात शुल्क ३० प्रतिशत बढाउन लगाउने, चिनीको आयात रोक्न लगाइ सिन्डिकेट लगाउने मुख्य दोषी त उद्योगीहरू नै हो। उनीको चलखेलमा सरकार पनि सामेल भएको देखियो।’

‘आफैले कबुल गरेको ६३ रुपैयाँ प्रति किलो मूल्यबाट बढाएर ८० रुपैंयाभन्दा बढी पु¥याउने उद्योगीहरूलाई कारबाहीको सिफारिस गरिदैछ।’ सांसद मगरले भने,‘उद्योगीहरूले प्रधानमन्त्रीलाई पनि झुक्क्याएछ।’

समितिका अर्का सांसदका अनुसार चिनीको मूल्य चलखेल हुन दिनुमा प्रधानमन्त्री कार्यालयको पनि भूमिका रहेको छ। प्रधानमन्त्री स्वयंले उद्योगीहरूसँग छलफल गरेर उद्योगीहरूको मनोबल बढाएका थिए। तर उद्योगीहरूले मनपरी मूल्यमा चिनी विक्री गर्न थाले।

समितिको निष्कर्षमा चिनीको खुद्रा मूल्य ६३ रुपैयाँ कायम गर्न भनिएको छ। चिनी उद्योगीहरूलाई उखु किसानको बाँकी रकम तत्काल उपलब्ध गराउन भनिएको छ भने सरकार स्वयंले उखु किसानहरूलाई तिर्न सहुलियत रकम तथा बिमा रकम रकम उपलब्ध गराउन भनिएको छ।

मूल समितिलाई प्रतिवेदन बुझाइए पछि अन्तिम निष्कर्ष निकालिने छ।



चिनी छानबिन समितिको निष्कर्षः उद्योग र अर्थमन्त्रीले ‘गोलमाल’ गरे को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट