PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

गौरीफन्टा पुगेर मुख्यमन्त्री भट्टले भनेः नेपालीमाथि अनावश्यक दुःख दिने काम नहाेस्



एम बम

गौरीफन्टा पुगेर मुख्यमन्त्री भट्टले भनेः नेपालीमाथि अनावश्यक दुःख दिने काम नहाेस्

कैलालीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बुधबार कैलालीको गौरीफन्टा सीमा नाकाको अनुगमन गरेका छन । दशैँ-तिहारमा भारतबाट फर्किने नेपालीहरुमाथि सीमा नाकामा हुने लुटपाटबारे अनुगमन गर्न उनी त्यहाँ पुगेका हुन्।

मुख्यमन्त्रीले भारतबाट आएका नेपालीहरुसँग सीमामा ब्यहोर्नु परेका समस्याका बारेमा कुराकानी गरेका थिए। गौरीफण्टा नेपालीहरुले भारतबाट रोजगारी गरेर फर्किने मुख्य नाका हो। घर फर्किने क्रममा भारतीय सीमा सुरक्षा बलले नेपालीलाई अनावश्यक दुःख दिनका साथै लुटपाट गरेको गुनासो समय समयमा आइरहेको हुन्छ।

उक्त समस्या हुन नदिने उद्देश्यले गौरीफन्टा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल एसएसबीले स्थापना गरेको संयुक्त हेल्प डेस्कको पनि मुख्यमन्त्री भट्टले निरीक्षण गरेका छन्।

नेपालमा प्रवेश गर्दा पनि रिक्सा र अटो सालकहरुले मनपरी भाडा लिने गरेका कारण नेपालीहरु निकै मारमा पर्ने गरेका छन्। मुख्यमन्त्री भट्टले रिक्सा र अटो चालकसँग पनि सोबारे कुराकानी गर्दै मनपरी भाडा नलिन निर्देशन दिए।

त्यस्तै उनले त्रिनगर प्रहरी चौकीमा भर्खरै स्थापना गरिएको मलेरिया परिक्षण उपचार तथा मरामर्श हेल्थ डेस्क र भन्सार कार्यालयको पनि निरीक्षण गरे । निरीक्षणका क्रममा भन्सार कार्यालय प्रमुखलाई चोरी निकासी र अबैध मालको ओसार पसारलाई कडाई पूर्वक रोक्न निर्देशन दिए ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell