PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सांगीतिक सम्मान तथा पुरस्कार- २०७५ सम्पन्न, काे-काे भए पुरस्कृत ?



पहिलोपोस्ट

सांगीतिक सम्मान तथा पुरस्कार- २०७५ सम्पन्न, काे-काे भए पुरस्कृत ?

काठमाडौंः नेपाल सांगीतिक संघको राष्ट्रिय विशिष्ट सांगीतिक सम्मान तथा पुरस्कार - २०७५ सम्पन्न भएको छ। कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा, तथा सांगीतिक संघका अध्यक्ष मिलन मोक्तानले पुरस्कार तथा सम्मान प्रदान गरे।

कार्यक्रममा पुष्प नेपाली विशिष्ट सांगीतिक सम्मान तथा २५ हजार रुपैयाँ पुरस्कार वरिष्ठ कलासाधक भोला जोशीलाई र शिवशंकर मानन्धर विशिष्ट सांगीतिक सम्मान तथा २५ हजार रुपैयाँ पुरस्कार संगीत अन्वेषक बुलु मुकारुङलाई प्रदान गरियो। त्यस्तै,गायक आनन्द कार्कीले फत्तेमान राजभण्डारी विशिष्ट सांगीतिक सम्मान तथा २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। प्रदीप रिमाल विशिष्ट सांगीतिक सम्मान तथा २५ हजार रुपैयाँ पुरस्कार रत्नशमशेर थापालाई प्रदान गरियो।

यसैगरी लालसमुन्द्रा बहुप्रतिभाशाली विशिष्ट सांगीतिक सम्मान तथा २५ हजार रुपैयाँ पुरस्कार संगीतकार शम्भुजित बास्कोटालाई, मधुबाबु थापा विशिष्ट सांगीतिक सम्मान तथा १५ हजार रुपैयाँ पुरस्कार संगीतसाधक कमल क्षेत्रीलाई, नेपाल सांगीतिक विशिष्ट सम्मान तथा २५ हजार रुपैयाँ पुरस्कार नृत्य निर्देशक वेद गुरुङलाई र कला पत्रकार सांगीतिक राष्ट्रिय सम्मान तथा १० हजार रुपैयाँ पुरस्कार पत्रकार अनन्त वाग्लेलाई प्रदान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell