PahiloPost

Dec 17, 2018 | २ पुष २०७५


फ्लोरिडामा शक्तिशाली आँधी: पाँच लाख मानिस प्रभावित, सावधानी अपनाउन आग्रह


फ्लोरिडामा शक्तिशाली आँधी: पाँच लाख मानिस प्रभावित, सावधानी अपनाउन आग्रह
फोटो: एएफपी

फ्लोरिडा: अमेरिकाको फ्लोरिडा राज्यको उत्तर पश्चिमी क्षेत्रमा शक्तिशाली आँधीका कारण जनधनको क्षति भएको छ। २०० किलोमिटर प्रति घण्टाको रफतारले आएको 'हुरिकेन माइकेल' नाम दिइएको उक्त आँधीका कारण विभिन्न क्षेत्रहरु डुबानमा परेको अधिकारीहरुले बताएका छन्।

हालसम्म एक रुख ढलेर लाग्दा एक जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। आँधीमा फसिरहेकाहरुको उद्दारकार्य जारी रहेको अधिकारीहरुले बताएका छन्। 

फ्लोरिडाको कतिपय स्थानमा बाढी पहिरो गएको जनाइएको छ। फ्लोरिडाको पानामा शहर आँधीका कारण धेरै प्रभावित भएको छ। सडक, हवार्इ र रेल सेवा बन्द भएकाले उद्दारमा ढिलो भइरहेको अधिकारीहरुले बताएका छन्। आँधी प्रभावित क्षेत्रका मानिसहरुलार्इ अस्थायी शिविरमा सारिएको छ। आँधीका कारण करिब पाँच लाख मानिसहरु विस्थापित भएका छन्। 

आँधीको प्रकोपलार्इ मध्यनजर गर्दै फ्लोरिडा, अलबामा र जर्जियामा आपत्कालीन अवस्था घोषणा गरिएको छ।आँधीको वेग अहिले केही कम भएपनि खतरा भने अझै रहेकाले सबैलार्इ सचेत रहन आग्रह गरिएको छ। 

'हुरिकेन माइकेल' का कारण मध्य अमेरिकामा हालसम्म १३ जनाको मृत्यु भइसकेको छ। क्युबा, होन्डुरस, निकारागुवा र इल्साल्भाडोरमा समेत आँधीका कारण मानविय र भौतिक क्षति भएको छ। 



फ्लोरिडामा शक्तिशाली आँधी: पाँच लाख मानिस प्रभावित, सावधानी अपनाउन आग्रह को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट