PahiloPost

Oct 22, 2018 | ५ कात्तिक २०७५


वर्षकै उत्कृष्ट अनुसन्धानकर्ता बने असई बस्याल, उत्कृष्ट जिल्ला प्रहरी कार्यालय झापा         


वर्षकै उत्कृष्ट अनुसन्धानकर्ता बने असई बस्याल, उत्कृष्ट जिल्ला प्रहरी कार्यालय झापा         

काठमाडौं: ६३ औं प्रहरी दिवस २०७५ का अवसरमा बिहीवार प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी पुरस्कृत भएका छन्।   
    
यस वर्ष उत्कृष्ट कार्य गर्ने प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीलाई पूर्ण शान्ति पुरस्कार, साहसिक तथा जोखिमपूर्ण कार्य गरे बापत प्रहरी चौकी बिर्ता, पर्सामा कार्यरत प्रहरी जवान गनकुमार खण्डलुकलाई योगेन्द्र स्मृति साहसिक पुरस्कार,  कदरपत्र र नगद पुरस्कार प्रदान गरिएको हो।

यस वर्ष सरहानीय कार्य गरी उत्कृष्ट भएका प्रहरी सहायक निरीक्षक प्रकाश खनाल, प्रहरी जवानहरू कल्पना सुवेदी र शर्मिला गुरुङ, उत्कृष्ट प्राविधिकतर्फ प्रहरी निरीक्षक दीपकराज अवस्था, उत्कृष्ट अनुसन्धानकर्तातर्फ प्रहरी सहायक निरीक्षक कमल बस्याल, उत्कृष्ट ट्राफिक प्रहरीतर्फ प्रहरी निरीक्षक विमल थापा, उत्कृष्ट आन्तरिक प्रशिक्षकतर्फ प्रहरी नायव निरीक्षक सुमन थापा, उत्कृष्ट बाह्य प्रशिक्षकतर्फ प्रहरी हवल्दार शेषनारायण चौधरी, उत्कृष्ट सामुदायिक प्रहरी सेवातर्फ प्रहरी जवान लालमाया गुरुङ, उत्कृष्ट खेलाडीतर्फ प्रहरी सहायक निरीक्षक सुमन सुवेदी, प्रकोप उद्धारकतर्फ उत्कृष्ट प्रहरी जवानहरू रामविनय यादव र सुरेश थामीलाई कदरपत्र प्रदान गरियो।

यसै गरी नेपाल प्रहरीलाई जग्गा उपलब्ध गराउन पहल गर्ने प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेल र उत्कृष्ट व्यवस्थापक पुरस्कारबाट प्रहरी उपरीक्षक प्रतापकुमार गुरुङ र प्रहरी नायव निरीक्षक शालिकराम तिमिल्सिनासमेत पुरस्कृत भए।

साथै यस वर्षको अन्तर जिल्ला प्रहरी कार्यालय कार्यदक्षता मूल्याङ्कन तर्फ पहिलो जिल्ला प्रहरी कार्यालय झापाका तत्कालीन प्रहरी उपरीक्षक विष्णुकुमार केसी, दोस्रो जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढा मगर र तेस्रो जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेलाईसमेत प्रहरी महानिरीक्षक खनालले प्रशंसापत्र प्रदान गरे।



वर्षकै उत्कृष्ट अनुसन्धानकर्ता बने असई बस्याल, उत्कृष्ट जिल्ला प्रहरी कार्यालय झापा          को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट