PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ए डिभिजन लिग : पुलिसले जावालाखेलाई हरायो, अजितको निर्णायक गोल



पहिलोपोस्ट

ए डिभिजन लिग : पुलिसले जावालाखेलाई हरायो, अजितको निर्णायक गोल
फोटो : गोलनेपाल

काठमाडौँ : विभागीय टोली नेपाल पुलिस क्लबले शहिद स्मारक ए डिभिजन लिगमा विजयी सुरुवात गरेको छ।

पहिलो राउण्डको खेलअन्तर्गत बिहीवार भएको खेलमा पुलिसले जावालाखेल युथ क्लबलाई १-० ले पराजित गर्‍यो। पुलिसलाई ३ अंक दिलाउन पहिलो हाफमा अजित भण्डारीले गरेको गोल नै निर्णायक बन्यो।

खेलको ३१औँ मिनेटमा भण्डारीले गोल गरेका थिए।

दशैँ तिहार ब्रेक अघि पहिलो राउण्डको बाँकी दुई खेल शुक्रवार हुँदैछ। जसमा एपीएफले हिमालयन शेर्पा र मनाङ मर्स्याङ्दी क्लबले ब्रिगेड ब्वाइज क्लबसँग खेल्नेछ।

बिहीवारै भएको पहिलो खेलमा थ्री स्टारले फ्रेण्ड्सलाई २-१ ले पराजित गर्दै ३ अंक जोडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell