PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेपाल भर्सेस सिंगापुर : अघोषित फाइनल, जित्ने टोली बन्नेछ च्याम्पियन



पहिलोपोस्ट

नेपाल भर्सेस सिंगापुर : अघोषित फाइनल, जित्ने टोली बन्नेछ च्याम्पियन

काठमाडौँ : आइसीसी टि-२० वर्ल्डकप एसिया क्वालिफायर समूह बी को अन्तिम खेलहरु शुक्रवार हुँदैछ। लिग चरणमा अपराजित रहेका दुई टोली नेपाल र सिंगापुरबीचको खेल अघोषित फाइनल जस्तै रहनेछ।

यस खेलको विजेता नै क्वालिफायर बी को च्याम्पियन बन्नेछ। पाँच खेलबाट ुदुवैले १० अंक जोडेका छन्। राम्रो रनरेटका कारण नेपाल अगाडी छ। यस्तै शुक्रवारै मलेसिया  र चीन तथा भुटान र म्यानमारबीच खेल हुनेछ।

आयोजकले मलेसियाले चीनलाई पराजित गरेमा दोस्रो चरणमा छनोट हुनेछ। समूहको शीर्ष तीन टिम मात्र दोस्रो चरणमा छनोट हसनेछन्।

६ वटै खेल खेलिसकेको थाइल्याण्ड ७ अंकका साथ तेस्रो र ५ खेलबाट ५ अंक जोडेको मलेसिया चौथो स्थानमा छ। राम्रो रनरेट रहेका कारण मलेसियाले चीनलाई हराए थाइल्याण्डलाई पछि पार्नेछ।

नेपाल र सिंगापुरले यसअघि खेलेका पाँच वटै खेल जितेका छन्। दुवै टोलीले वर्ल्डकप क्वालिफायरको यात्रा एक कदम अगाडी बढाउँदै एसियन रिजनल फाइनमा स्थान बनाइसकेका छन्।

मलेसियामा भइरहेको प्रतियोगितामा म्यानमार र मलेसियालाई समान ८ विकेटले, थाइल्याण्डले १४० रनले (डी/एल मेथड), भुटानलाई ११७ रनले र चीनलाई १० विकेटले पराजित गरिसकेको छ। यस्तै सिंगापुरले पनि म्यानमार र थाइल्याण्डलाई ८ विकेटले, चीनलाई १० विकेटले, मलेसियालाई ४० रनले तथा भुटानलाई ९५ रनले पराजित गरेको छ।

नेपालले प्रतियोगितामा उत्कृष्ट बलिङ गरिरहेको छ। कुनै पनि विपक्षीलाई सय रन भन्दा बढी बनाउन दिएको छैन। यसैगरी सिंगापुरले पनि राम्रो खेल्दै आएको छ।

नेपाल र सिंगापुर नौलो प्रतिद्वन्दी भने होइनन्। यी दुईले मलेसियामै भएको एसिया कप क्वालिफायरमा ५० ओभरको खेल खेलेका थिए। जसमा नेपाल विजयी भएको थियो।

यस्तै एसीसी टी-२० कपमा नेपालले दुई पटक सिंगापुरलाई दुई पटक पराजित गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell